कोटिलामा कर्णाली नदीमाथि बेलिब्रिज निर्माण


छायानाथ रारा नगरपालिका वडा नं–६ को कोटिलामा कर्णाली नदीमाथि बेलिब्रिज निर्माण भएको छ । उक्त वडाका बासिन्दालाई आउजाउ गर्न बिरामी ज्येष्ठ नागरिक , गर्भवती महिला र विद्यार्थीलाई कर्णाली माथि आउजाउ गर्न लाप्काको भरमा सास्ती भोग्दै आएका थिए अहिले कर्णाली नदीमाथि बेलिब्रीज निर्माण भएपछि आउजाउमा सहज भएको छ ।
कोटिला गाउँका स्थानीय चैत्या रावलले बेलिब्रिज निर्माणका साथै सञ्चालनमा आउँदा यातायातका साधनका साथै पैदल यात्रुहरूलाई सहज भएको बताए । उनका अनुसार पुल नहुँदा बिरामी ज्येष्ठ नागरिक , गर्भवती महिला , विद्यार्थी त्यसै गरी भारी बोकेर आउने भरियालाई पनि निकै सास्ती भोग्नुपर्ने हुन्थ्यो । बेलिब्रीज निर्माणले गर्दा कोटिला, मुन्दु र लिउडीँबाट कृषिजन्य व्यापार गरेर पैदल मार्गबाट भारी बोकेर आउने भरियालाई पनि सहज भएको छ ।
छायाँनाथ रारा नगरपालिका वडा नं ६ का वडाध्यक्ष खेमबहादुर रावलले छायानाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा कोटिलाको कर्णाली खोला माथि बेलिब्रिज निर्माण भएपछि यहाँका स्थानीय ब्यावसायलाई आलु, कोदो, फापर, सिमी गाउँ भन्दा बाहिर ढुवानी गर्नलाई सहज भएको छ । जिल्ला सदरमुकामदेखि विकास निर्माणका सामग्री लगायत ढुवानी गर्न सहज भएको उनले बताए ।






