मध्यपश्चिम विश्वविद्यालयमा अनुदान आयोगको अनुगमन


विश्वविद्यालय अनुदान आयोगले मध्यपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायमा सञ्चालनमा रहेका कार्यक्रमहरुको अनुगमन गरेको छ ।
विश्वविद्यालय अनुदान आयोगद्धारा गठित ‘पिआरटी’ टिमका संयोजक तथा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति केशरजंग बराल र सदस्य भगवती पौडेल लगायतको टोलीले कार्यक्रमको अनुगमन गरेको हो ।
संयोजक बरालले व्यवस्थापन संकायको केही संरचना निर्माण, व्यवस्थापन पक्ष र प्राध्यापकहरुको नियुक्तिको विषय वाहेक अरु सन्तोषजनक रहेको बताए । अनुगमनका क्रममा आईतवार विश्वविद्यालयका आयोजित एक कार्यक्रममा बोल्दै उनले विश्वविद्यालयको गुणस्तर प्रमाणिकरण कार्यक्रम अन्र्तगत प्रतिवेदन आयोगमा प्रस्तुत गरिने उनले जानकारी दिए ।
मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार नारायणप्रसाद पौडेलले भने आयोगको कार्यक्रमहरुले विश्वविद्यालयलाई सहयोग पुगेको बताए । कार्यक्रमका योजना अनुसार नै विश्वविद्यालयमा काम भईरहेको बताउदै उनले केही कर्मचारी र प्राध्यापकहरुको नियुक्तिको प्रक्रिया माथीबाटै रोकीएको र अन्य प्राविधिक पक्षहरुमा सुधार गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
मध्यपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायका निर्देशक डा. शुशिलकुमार शाहीले यस कार्यक्रम अन्तर्गत २०७५ सालबाट विद्यार्थी भर्ना, दक्ष जनशक्ति निर्माण गर्ने गतिविधी, दिर्घकालिन लक्ष्य र रणनैतिक योजनाहरु निर्माण, विद्यार्थीहरुको सिकाईलाई उद्यमशिलतामा जोड दिने लगायतका कार्यहरु सञ्चालन गरिरहेको बताए ।
कार्यक्रममा व्यवस्थापन संकायका डिन यामवहादुर कार्की लगायतका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।






