पलैटेमा विज्ञान प्रर्दशनी


सुर्य प्रकाश माध्यमिक विद्यालय, पलैटेमा विज्ञान प्रर्दशनी आयोजना गरिएको छ । विज्ञान विभागको समन्वय र विद्यालयको आयोजनमा आईतवार विज्ञान प्रर्दशनी कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा पन्चपुरी नगरपालिका प्रमुख लालविर भन्डारी, उपप्रमुख मुक्तिदेवी पुरीरेग्मी, वडा नं. २ का वडा अध्यक्ष यामबहादुर विसी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष नविनकुमार थापा लगायतको उपस्थिती रहेको थियो ।
विज्ञान प्रर्दशनीको नेतृत्व विज्ञान विभाग प्रमुख गोबिन्द पौडेल, सदस्यहरु श्याम नगाल, प्रेम थापा, रन्जना विसीले गरेका थिए । प्रर्दशनीमा विद्यार्थीहरुले विभिन्न सामाग्री तयारी गरेका थिए ।






