मुगुमा भएको सामूहिक हत्याको अनुसन्धान गर्न सीआईबीको टोली


मुगु छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा सामूहिक हत्या गरिएको घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली मुगु पुगेको छ ।

डीएसपी धर्म भण्डारी नेतृत्वको चार जनाको टोली मुगु पुगेर घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी वीरन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार सीआईबी पुग्नु अघि सुर्खेतबाट दुई टोली र जुम्लाबाट गएको प्रहरीको एक टोलीले अनुसन्धान गरिरहेको थियो । घटनास्थलको अनुसन्धानमा गएको कुकुरसहितको टोली भने नेपालगञ्ज फर्किसकेको प्रदेश प्रहरी कार्यालय कर्णालीका प्रवक्ता गोपालचन्द्र भट्टराइले जानकारी दिए ।

‘सीआईबी टोली पुगिसकेपछि स्थानीय घटनास्थल र अन्य स्थलहरुबाट तीब्र अनुसन्धान भइरहेको छ,’ प्रवक्ता भट्टराइले भने, ‘चाँडै अनुसन्धानको निष्कर्ष निस्कने विश्वास छ ।’

घटनाको अनुसन्धानमा सीआईबी टोली खटिएपछि पीडित परिवारले पनि अनुसन्धान निकर्षमा पुग्ने आशा गरेको छ । छायाँनाथ रारा ६ का वडाध्यक्ष खेमराज रावलले अनुसन्धानमा सीआईबीको प्रवेशले नयाँ आशा जगाएको बताए । ’नौ दिन बितिसक्दा पनि घटनाको दोषी पत्ता नलाग्दा हामी निराश थियौं । तर सीआईबीको टोली आइरहँदा आशावादी भयौं,’ उनले भने ।

घटनाका बारेमा विस्तृत बुझ्नका लागि डीआईजी भीमप्रसाद ढकाल आफैं जिल्ला पुगेका थिए ।
आफन्तहरुले प्रहरीले दोषी पत्ता नलगेसम्म शवहरु नबुझ्ने बताइरहेका थिए । तर, प्रहरीले जसरी पनि घटनामा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन प्रतिबद्धता जनाएपछि कात्तिक १७ गते मृतकहरुको सामूहिक दाहसंस्कार गरिएको थियो ।

अहिले मृतक श्रीदेवीका श्रीमान दीपक क्रियामा बसेका छन् । छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले मृतकका आफन्तलाई सम्झाइ बुझाइ गरेपछि दीपक बोहोरा शव बुझ्न र दाहसांस्कार गर्न सहमत भएका हुन ।

कार्तिक ८ गते बुधवार भएको घटनाको जानकारी प्रहरीले त्यसको दुई दिनपछि १० गते शुक्रवार बिहान मात्रै पाएको थियो । जानकारी पश्चात् घटनास्थल पुगेको प्रहरीले २८ वर्षीय श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र ८ महिनाका छोरा रहर बोहोरालाई घरभित्रै मृत अवस्थामा फेला पारेको थियो ।

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरा घर पुगेपछि सोही दिन प्रहरीले चारैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगु पु¥याएको थियो ।

मुगुमा भएको सामूहिक हत्याको अनुसन्धान गर्न सीआईबीको टोली

जाजरकोटमा मृत्यु भएका ९२ जनाको सनाखत

मुगुमा भएको सामूहिक हत्याको अनुसन्धान गर्न सीआईबीको टोली

सरकारी जग्गाको भाडा ब्यक्तिले असुल्दै

This will close in 0 seconds