ट्विनअटर विमान रारा बिमान स्थलमा ग्राउण्डेड

नेपाल एयरलाइन्सको ट्विनअटर विमान रारा विमानस्थलमा ग्राउण्डेड भएको छ । नेपालगन्जबाट राराट्विनअटर विमानस्थल पुगेको नेपाल एयरलाइन्सको नाइन एनएबियु कल साइन भएको विमान ग्राउण्डेड भएको हो ।

तीन यात्रु बोकेर आइतवार बिहान ११ बजे विमानस्थल पुगेको जहाज नेपालगन्ज फर्कने बेलामा ब्याट्रीमा समस्या देखिएको थियो । जहाँजमा समस्या आएपछि नेपालगंजबाट इन्जिनियर झिकाएर चेकजाँच गरिएको थियो ।

नेपालगंजबाट ब्याट्री ल्याएपछि १३ जना यात्रुसहित जहाँज सोमवार नेपालगन्ज उडान भर्ने नेपाल एयरलाइन्स रारा विमानस्थलका नेत्र भामले जानकारी दिए। उक्त एयरलाइन्सबाट नेपालगन्ज जाने १३ जना यात्रुहरू रारा विमानस्थलस्थित होटलमा बसेका छ्न ।

साथै सोमवार बिहान नै देखि मुगु र रारा विमानस्थलमा मोेसममा गडबडी सोमवार पनि जहाज बिमान स्थलमै ग्राउन्डेड हुने सक्ने देखियोको छ । सोमवार मुगुको उच्च हिमाली भेगमा हिमपात भैरहेको छ ।

ट्विनअटर विमान रारा बिमान स्थलमा ग्राउण्डेड

किसानको मर्का कसले बुझ्ने ?

ट्विनअटर विमान रारा बिमान स्थलमा ग्राउण्डेड

रारामा हिमपात शुरु