गुर्भाकोट नगरपालिकाका नगरप्रमुख पुनले गरे पदभार ग्रहण

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख हस्त पुनले पदभार ग्रहण गरेका छन् ।

उनी नेपाली काँग्रेसबाट नगर प्रमुखको उम्मेदवार बनेका थिए । निवर्तमान मेयर समेत रहेका उनी पुनः पनि निर्वाचित हुन सफल भएका हुन् ।
यस्तै उपप्रमुखमा पनि निवर्तमान उपमेयर मैना विक निर्वाचित भएकी थिइन् । उनले पनि पदभार ग्रहण गरेकी छन् ।







