सिमकोट गाउँपालिकाको कार्यपालिकाको निर्वाचन गठबन्धन र एमालेबीच हुने

हुम्ला । हुम्लाकाे सिमकोट गाउँपालिकाको कार्यपालिकाको निर्वाचन जेठ १५ गते हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुुसार निर्वाचन हुन लागेको हो।
कार्यालयले ६ जना कार्यपालिकाका सदस्यका लागि निर्वाचन हुने जनाएको छ। जसमा दुुई जना खुला दलित तथा अल्पसंख्यक सदस्य र चार जना महिला सदस्यका लागि निर्वाचन हुनेछ।
यसका लागि गठबन्धन दल कांग्रेस र नेकपा माओवादी केन्द्रले समीकरण गरेर उम्मेदवारी दर्ता गरेका छन् भने एमालेले एक्लै उम्मेदवारी दिएको छ।
गाउँपालिकाको निर्वाचनमा निर्वाचित अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य गरी ४२ जनाले उक्त निर्वाचनमा मतदान गर्नेछन्।
वैशाख ३० गते सम्पन्न निर्वाचनमा कांग्रेसले एक उपाध्यक्ष, चार वडाध्यक्ष र १० जना सदस्य गरी १५ सिट जितेको छ भने माओवादी केन्द्रले एक अध्यक्ष, तीन वडाध्यक्ष दश जना सदस्य जितेको छ। एमालेले भने एक वडाध्यक्ष र १२ जना सदस्य जितेको छ।






