एमालेबाट वीरेन्द्रनगरको मेयरदेखि वडाअध्यक्ष पदका उम्मेदवारहरु टुंगिए,एक बजे उम्मेदवारी दर्ता गर्दै

सुर्खेत ।सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एमालेले मेयरदेखि वडाअध्यक्षका उम्मेदवारहरुको टुंगो लगाएको छ । नगरपालिकाको मेयरका लागि मोहनमाया ढकाल उम्मेदवार बनेकी छन् भने उपप्रमुखमा निलकण्ठ खनाल उम्मेदवार बनेका छन् ।
यस्तै १६ वटै वडाका लागि पनि उम्मेदवारको टुंगो लागिसेकमो एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार वडा नम्बर १ मा गंगाराम सुनार, २ मा गजबहादुर बुढा ३ मा विनोद सिहं विष्ट, ४ मा शेरबहादुर केसी, ५ मा लोकबहादुर शाही, ६ मा श्याम कंडेल ७ मा खड्ग बहादुर दर्लामी, ८ मा टिकाराम शर्मा, ९ मा ऋषी गिरी, १० मा दिलबहादुर रखाल उम्मेदवार बनेका छन् ।
यस्तै वडा नम्बर ११ का लागि खिमलाल देवकोटा, १२ मा चुडामणि चपाई, १३ मा भुपेन्द्र दर्लामी, १४ मा देव रोकाय, १५ मा हिक्मत ओली, १६ डण्डबहादुर विक वडा अध्यक्ष पदका लागि उम्मेदवार बनेका छन् ।
प्रचार विभाग प्रमुख तिमिल्सिनाका अनुसार सबै उम्मेदवारले सोमबार दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने भएका छन् ।






