डब्लूएचओ भन्छ, ‘मंकीपक्स भाइरस नियन्त्रणमा लिन सकिन्छ’

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मंकीपक्स भाइरस नियन्त्रणमा लिन सकिने जनाएको छ।

भाइरसका १०० भन्दाबढी केसहरू युरोप, अमेरिका र अष्ट्रेलियामा पुष्टि भएको छ।भाइरसका कारण शरीरमा फोका र ज्वरोलगायतका लक्षण देखिन्छन्।

अहिलेसम्म १६ देशमा संक्रमण फैलिएको छ र यो अझै बढ्ने अनुमान गरिएको छ। तर, विज्ञहरू ठूलो जनसंख्याको लागि यसको समग्र जोखिम धेरै कम रहेको बताउँछन्।

मध्ये तथा पश्चिमी अफ्रिकाका दुर्गम क्षेत्रमा यो संक्रमण धेरै देखिएको छ। ‘यो नियन्त्रणयोग्य अवस्था हो’, डब्ल्यूएचओको मारिया भान केरखोभले एक पत्रकार सम्मेलनमा भनिन्।

‘हामी मानिसबाट मानिसमा सर्नबाट रोक्न चाहन्छौँ ’, युरोप र उत्तरी अमेरिकामा हालै देखिएका केसहरूलाई संकेत गर्दै उनले भनिन्। अफ्रिकाबाहिर १६ देशमा यो भाइरस भेटिएको छ।

५० वर्षमा अफ्रिका बाहिर सबैभन्दा ठूलो प्रकोप भएता पनि मंकीपक्स मानिसमा सजिलै फैलिँदैन र विज्ञहरूले यसको जोखिम कोभिड भाइरस महामारीसँग तुलना गर्न नसकिने बताएका छन्।

 

डब्लूएचओ भन्छ, ‘मंकीपक्स भाइरस नियन्त्रणमा लिन सकिन्छ’

आज सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत

डब्लूएचओ भन्छ, ‘मंकीपक्स भाइरस नियन्त्रणमा लिन सकिन्छ’

करिश्मा पार्टी प्रवेश, त्यो पार्टी पत्तासाफ!

Leave a comment

Your email address will not be published. Required fields are marked *