कुमाख गाउँपालिकामा कार्यपालिकाको निर्वाचन सप्पन्न : कुमाख मन्त्रिपरिषद कायम

बसन्त कुमार शर्मा

सल्यान  । स्थानीय तहको निर्वाचन सम्पन्न भएका गाउँपालिका र नगरपालिकामा यतिबेला धमाधम कार्यपालिकाको निर्वाचन भइरहेको छ । कुमाखमा अाइतबार भएको कार्यपालिका निर्वाचनमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

एमाले र काँग्रेस गठबन्धनका विरुद्ध माओवादीले गाउँ कार्यपालिकामा बहुमत प्राप्त गरेको हो । बैशाख ३० गते सम्पन्न निर्वाचनमा काग्रेशका मान बहादुर बुढाथोकी अध्यक्ष र एमालेका लाल बहादुर रावत उपाध्यक्षमा विजयी बनेका थिए ।

७ वडा रहेको कुमाखमा ४ वडा जितेको माओवादीले ६ नं. वडाको १ सदस्य बाहेक जितेका हरेक वडामा प्यानल सहित विजयी भएको थियो । स्थानीय तहको मन्त्रीपरिषद मानिने गाउँ कार्यपालिकामा माओवादीबाट पवित्रा कवर, पठ बहादुर वि.क, अनिता बुढाथोकी, लालविर परियार, हिरा परियार र सावित्रा विक विजयी बनेका छन् ।

महिला तथा दलित महिला जनप्रतिनिधिबाट ४ जना र दलित वा अल्पसंख्यक सर्वसाधारणबाट २ जनालाई पार्टीले कार्यपालिकामा प्रतिनिधित्व गराएको नेकपा माओवादी केन्द्र कुमाखका अध्यक्ष डिल्लीराज जैशीले जानकारी दिए ।

उनले भने,“कुमाखका मतदाताको अपार मायाका कारण कुमाखमा अन्य दल मिल्दा प्राविधिक कारणले थोरै मतले आफुले अध्यक्ष उपाध्यक्षमा हारेतापनि कार्यपालिकामा हाम्रो वर्चस्व भएकाले हामी जनताका काम पुरा गर्छौं ।”

कुमाखको कार्यपालिकामा अव माओवादी केन्द्रबाट ४ वडाध्यक्ष सहित १० जना र काग्रेश तथा एमालेबाट पालिका अध्यक्ष र उपाध्यक्ष तथा ३ वडाध्यक्ष गरी ५ जना रहेका छन । कुमाखमा अध्यक्ष तथा उपाध्यक्ष २ र ७ वडाका ५-५ जना गरि ३५ गरी जम्मा ३७ जनाले निर्वाचनमा मतदान गरेका थिए । जसमा माओवादीका १९ र एमाले काग्रेशको गठबन्धनका १८ जना प्रतिनिधि रहेका छन ।

अब कुमाखको गाउँ सभा सदस्यमा मााओवादीको तर्फबाट २१ जना र एमाले काग्रेशको तर्फबाट १८ जनाको सहभागिता रहनेछ ।

स्थानीय तहको निर्वाचनसम्बन्धी ऐनअनुसार निर्वाचक मण्डलमा गाउँ भित्रका अध्यक्ष , उपाध्यक्ष, वडाअध्यक्ष र सदस्यहरू रहन्छन् ।नेपालको संविधानअनुसार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कार्यकारी पद हुन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष गाउँकार्यपालिकाको पदेन अध्यक्ष र उपाध्यक्ष हुन्छन् । त्यस्तै सो गाउँपालिकाभित्रका वडाअध्यक्ष स्वतः गाउँ कार्यपालिकाको सदस्य हुन्छन् ।

निर्वाचक मण्डलले निर्वाचित महिला वडा सदस्यबाट चार जना र सोही गाउँका दलित वा अल्पसङ्ख्यक सर्वसाधारणबाट दुई जना निर्वाचित गरेपछि गाउँ कार्यपालिकाले पूर्णता पाउने प्रावधान अनुसार कार्यपालिका सदस्यको निर्वाचन भएको प्रमुख प्रशासकिय अधिकृत जगत बहादुर घर्तीले जानकारी दिए ।

कुमाख गाउँपालिकामा कार्यपालिकाको निर्वाचन सप्पन्न  : कुमाख मन्त्रिपरिषद कायम

जुम्लामा एम्बुलेन्स दुर्घटना

कुमाख गाउँपालिकामा कार्यपालिकाको निर्वाचन सप्पन्न  : कुमाख मन्त्रिपरिषद कायम

महिलाले ‘घरको काम’ गर्न छोडे के होला

Leave a comment

Your email address will not be published. Required fields are marked *