एसीसी महिला टी–२० च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

काठमाडौं, ५ असार ।

मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत शनिबार भएको खेलमा नेपालले कुवेतलाई २५ रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । किनरारा ओभलमा शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको हो ।

नेपालले दिएको १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर ८२ रनमात्र बनाउन सक्यो ।  कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक ३१ रनको पारी खेल्दा मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन जोडिन् ।

कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सीता राना मगरले दुई विकेट निकाल्दा अश्मिना कर्माचार्य, संगीता राई र इन्दु बर्माले समान एक÷एक विकेट लिए । जितसागै नेपालले दुई खेलबाट ४ अंक जोडेको छ ।

समूह बी मा रहेको नेपाल तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ । पराजित कुवेतको तालिकामा १ अंक छ । यसअघि टस हारेर पहिला व्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक अविजित ३४ रनको योगदान गरिन् । २७ बलको सामना गरेकी रुबिनाले चार चौका प्रहार गरिन् ।

त्यस्तै इन्दु बर्माले २८ रन जोड्नेक्रममा ३३ बलको सामना गर्दा २ चौका चट्काइन् । यस्तै ज्योति पाण्डेले १५ रन जोड्दा विन्दु रावलले ११ रनको स्कोर गर्नेक्रममा क्याच आउट भइन् । यस्तै सिता राना मगर र काजल श्रेष्ठले समान ५÷५ रनको पारी खेल्दै पवेलियन फर्किए । बलिङतर्फ कुवेतका लागि मारिमा हेदरले दुई विकेट लिइन् । मारियम ओमार र खादिला खाजिलले एकएक विकेट लिइन् ।

यसअघि च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले पराजित गर्दै विजयी सुरुआत गरेको थियो । उता कुवेतले भने वर्षाका कारण बहराइनसँग अंक बाँडेको थियो । च्याम्पियनसिपअन्तर्गत नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ ।

१० टोलीले सहभागिता जनाएको प्रतियोगितामा सहभागी टोलीलाई आयोजक दुई समूहमा विभाजन गरेको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् भने फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

स्रोत : कान्तिपुर

एसीसी महिला टी–२० च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

६८ हजार डलर नाघेको एउटा बिटक्वाइनको मूल्य

एसीसी महिला टी–२० च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

तुलसीपुरमा कसौडीभित्र भेटिएका दुई सय वर्ष पुराना

Leave a comment

Your email address will not be published. Required fields are marked *