भारतमाथि दक्षिण अफ्रिकाको लगातार दोस्रो जित
काडमाडौं ३० जेठ ।
दक्षिण अफ्रिकाले दोस्रो टी २० अन्तर्राष्ट्रियमा भारतलाई ४ विकेटले हराउँदै लगातार दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा पाहुना टोली दक्षिण अफ्रिकाले भारतलाई ४ विकेटले हराएको हो ।
यस जितसँगै दक्षिण अफ्रिकाले ५ खेलको सिरिजमा २–० को अग्रता बनाएको छ । भारतले दिएको १ सय ४९ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८.२ ओभरबा ६ विकेट गुमाएर पूरा ग¥यो ।
दक्षिण अफ्रीकाको जितमा विकेटकिपर हेनरिक क्लासेनको सर्वाधिक ८१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै कप्तान टेम्बा बाभुमाले ३५ तथा डेभिड मिलरले अविजित २० रन जोडे ।
भारतका लागि भुवनेश्वर कुमारले ४ तथा हर्सल पटेल र युजभेन्द्र चाहलले एक–एक विकेट लिए । त्यसअघि बारबाती स्टेडियम कटकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो ।
भारतका लागि श्रेयस ऐरले सर्वाधिक ४० रन बनाए। दीनेश कार्तिक ३० रनमा अविजित रहँदा हर्षल पटेल १२ रनमा अविजित रहे । अक्षर पटेलले १० रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
दक्षिण अफ्रीकाका एनरिच नोर्कियाले २ विकेट लिए। यस्तै कागिशो रबाडा, वाइने पार्नेल, ड्वेन पिट्रिरियस र केशव महाराजले १–१ विकेट हात पारे । यसअघि पहिलो खेलमा दक्षिण अफ्रिका ७ विकेटले विजयी भएको थियो। तेस्रो खेल विशाखापटनममा भोलि हुनेछ ।
स्रोत ः सेतोपाटी





