पोर्चुगल हार्दा स्पेन शीर्ष स्थानमा उक्लियो

काठमाडौं ३० जेठ ।

चेक रिपब्लिकमाथि सहज जित निकाल्दै स्पेन युइएफए नेसन्स लिग ए ग्रुप २ को शीर्षस्थानमा उक्लिएको छ । स्पेनले घरेलु मैदानमा चेक रिपब्लिकमाथि २–० को सहज जित निकालेको हो ।

शीर्ष स्थानको पोर्चुगलले स्वीटजरल्याण्डसँग १–० ले हार बेहोरेपछि स्पेन अघि बढेको हो । स्पेनको मालगामा आइतबार राति भएको खेलमा घरेलु टोलीलाई जिताउन कार्लोस सोलेर र पाब्लो सारावियाले गोल गरे ।

खेलको २४औं मिनेटमा कार्लोस सोलेरले गोल गर्दै स्पेनलाई सुरूआती अग्रता दिलाए। पहिलो हाफमा १–० ले अग्रता लिएको स्पेनले दोस्रो हाफमा थप एक गोल गर्दै जित सुनिश्चित ग¥यो ।

७५औं मिनेटमा परिवर्तित खेलाडी पाब्लो सारावियाले गोल गर्दै स्पेनको जित पक्का गरेका थिए । उता रोनाल्डो बिना मैदानमा उत्रिएको पोर्चुगल घरेलु टोली स्वीट्जरल्यान्डसँग १–० ले पराजित भयो ।

स्वीट्जरल्यान्डमा आइतबार राति भएको खेलमा घरेलु टोलीलाई जितउन हरिस सेफेरोभिकले खेलको पहिलो मिमेटमै गरेको गोल निर्णायक बन्यो । सम्हालिन नपाँउदै गोल खाएको पोर्चुगल त्यसपछि घरेलु टोलीलाई दवावमा राखे पनि बलियो रक्षापङ्ती तोड्न नसक्दा पराजित हुन पुग्यो। स्वीट्जरल्यान्डले भने आफ्नो अग्रतालाई जोगाउँदै पहिलो जित निकाल्यो ।

यो नतिजासँगै अपराजित रहेको स्पेन ४ खेलबाट ८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। स्पेनले समान २ जित र हारको नतिजा निकालेको छ। यस्तै पोर्चुगल ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा झर्दा चेक रिपब्लिक ४ अंकसहित तेस्रो र स्वीट्जरल्यान्ड ३ अंक जोडेर पुछारमा छन् । स्रोत ः सेतोपाटी

पोर्चुगल हार्दा स्पेन शीर्ष स्थानमा उक्लियो

समाचार प्रभाव : विद्यालय पुनःनिर्माणमा एनएमबि बैंकको

पोर्चुगल हार्दा स्पेन शीर्ष स्थानमा उक्लियो

भारतमाथि दक्षिण अफ्रिकाको लगातार दोस्रो जित

Leave a comment

Your email address will not be published. Required fields are marked *