खेलौनाभित्र राखेर ब्राउन सुगर तस्करी गरेको आरोपमा पाँच पक्राउ

काठमाडौं २९ जेठ ।

बाँकेमा खेलौना (टेड्डी बिअर)भित्र ब्राउन सुगर राखेर तस्करी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।  शनिबार बाँके प्रहरीले ऐन्टी ड्रग अपरेसन सञ्चालन गरी पाँच जनालाई लागुऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ ।

गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय जमुनाह र लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्जबाट प्रहरीको टोली खटिएको थियो । शनिबार राति भारतबाट नेपाल आउँदै गरेका मानिसहरूमाथि प्रहरीले चेक गरेको थियो ।

दाङ लमही नगरपालिका–५ बस्ने सोनु श्रेष्ठ र २० वर्षीय बिशाल कुँवरमाथि प्रहरीले शंका लागेर चेक गरेको थियो। सोनुले बोकेको टेड्डीबिअरभित्र ब्राउन सुगर सात ग्राम फेला पारेको थियो । त्यस्तै, दाङ लमही–५ बस्ने २१ वर्षीय दिवस डाँगी, १७ वर्षीय दुई जना किशोरमाथि पनि प्रहरीले चेक गरेको थियो ।

डाँगीले बोकेको कालो झोलामा लुकाएर राखेको १७ ग्राम ब्राउन सुगर बरामद गरेको हो । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ ।

स्रोत ः सेतोपाटी

खेलौनाभित्र राखेर ब्राउन सुगर तस्करी गरेको आरोपमा पाँच पक्राउ

देशभर थपिए १९ जना कोरोना संक्रमित, अझै

खेलौनाभित्र राखेर ब्राउन सुगर तस्करी गरेको आरोपमा पाँच पक्राउ

जिल्ला समन्वय समिति सल्यानको निर्वाचन सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *