देशभर थपिए १९ जना कोरोना संक्रमित, अझै १०६ सक्रिय संक्रमित

काठमाडौं २९ जेठ ।

पछिल्लो २४ घन्टामा देशभर थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १९ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार ४५३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

दुई हजार १६२ जनाको पिसिआर र एक २९१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १०६ जना सक्रिय संक्रमित छन् ।
१२ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ ।
स्रोत ः सेतोपाटी

देशभर थपिए १९ जना कोरोना संक्रमित, अझै १०६ सक्रिय संक्रमित

रुकुम पश्चिममा धान रोपाई सुरु

देशभर थपिए १९ जना कोरोना संक्रमित, अझै १०६ सक्रिय संक्रमित

खेलौनाभित्र राखेर ब्राउन सुगर तस्करी गरेको आरोपमा

Leave a comment

Your email address will not be published. Required fields are marked *