जिल्ला समन्वय समिति सल्यानको निर्वाचन सम्पन्न

वसन्त शर्मा
सल्यान ३० जेठ ।

स्थानीय तहको निर्वाचन सप्पन्न भए सङ्ग निकै कठिन परिस्थिति बाबजुद सल्यान जिल्लाले जनप्रतिनिधि पुर्णरुपमा पाईसकेको छ । सल्यानमा एमाले बाहेक अन्य दलको गठबन्धन भएको थियो । यो निर्वाचन प्रक्रियामा गठबन्धन दल नै बिजय भएको छ ।

जिल्ला समन्वय समिति सल्यानको प्रमुखमा कांग्रेसका बेलाराम रावलले कुल २० मतभार रहेको सल्यानमा १५ मत ल्याएर रावल विजयी भएका हुन् । उपप्रमुखमा माओवादी केन्द्रका अशवीर बुढाथोकी १४ मत ल्याएर निर्वाचित भएका छ्न ।

त्यस्तै महिला सदस्यमा कांग्रेसका हिराकुमारी शाह चन्द, बिमला कुमारी खत्री र माओवादी केन्द्रकि विन्दु पुन विजयी भएकि छिन ।
दलित तथा अल्पसंख्यक सदस्यमा माओवादी केन्द्र कि जमुना विक तथा अन्य सदस्यहरुमा कांग्रेसका बालकृष्ण भण्डारी,त्यस्तै समाजवादीका चेतन गिरी र हरि केसी निर्वाचित भएका छन् ।

कांग्रेस र एकीकृत समाजवादीका सदस्य उम्मेदवारले १५ र १५ मत ल्याउँदा माओवादीका उम्मेदवारले १४ र एमालेका उम्मेदवारहरुले ५ मत ल्याएका हुन् । बिजय भए लगतै जिल्ला समन्वय समितिका प्रमुख रावलले मतदान प्रक्रिया सहयोग गर्नु हुने सम्पुर्ण मतदाता मतदान अधिकृत सम्पुर्ण कर्मचारी सबैलाई धन्यवाद दिएका छन् ।

स्थानीय तहमा हुने हरेक बिकास निर्माणका कार्यहरुलाई समन्वय सहकार्य समाबेशी बनाउदै सल्यान र सल्यानबासिको इच्छा अनुसार हामिलाई दिएको जिम्मेवारी पुर्णरुपमा पालना गर्दै जनचाहना बमोजिम समानुपातिक ढङ्गले बिकास र सुशासनमा समृद्ध सल्यान बनाउने चाहाना रहेको रावलले  बताए ।

जिल्ला समन्वय समिति सल्यानको निर्वाचन सम्पन्न

खेलौनाभित्र राखेर ब्राउन सुगर तस्करी गरेको आरोपमा

जिल्ला समन्वय समिति सल्यानको निर्वाचन सम्पन्न

शिक्षक असफलताले शाखा अधिकृतको यात्रा

Leave a comment

Your email address will not be published. Required fields are marked *