जातीय छुवाछुत तथा भेदभाव विरुद्धको अभियान

दिपेन्द्र शर्मा
जाजरकोट २९ जेठ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोट र भेरी नगरपालिका जाजरकोटको संयुक्त आयोजनामा भेरी नगरपालिका वडा नं. १० पल्सेनिमा अध्यक्ष भक्त बहादुर खत्रीको अध्यक्षतामा जातीय छुवाछुत तथा भेदभाव विरुद्धकोे अभियान संञ्चालन गरिएको हो ।

नागरिक समाज जाजरकोटका अध्यक्ष राजेन्द्र विक्रम शाह,भेरी नगरपालिकाका कर्मचारी, सामाजिक अभियन्ताहरु,आमा समुह, स्वास्थ्य स्वयमसेविका र स्थानीय सर्बसाधारण सहितको ४५ जनाको सहभागिता रहेको थियो ।

जातीय छुवाछुत तथा भेदभाव सम्बन्धि जनचेतना मुलक पर्चा पम्पलेट वितरण गरिएको छ । साथै जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्र.स.ह शेरजंग चन्दले जातीय छुवाछुत तथा भेदभाव विरुद्ध कानुनी प्रशिक्षण दिनुभएको जिल्ला जाजरकोट ले जनाएको छ ।

जातीय छुवाछुत तथा भेदभाव विरुद्धको अभियान

अमेरिकाविरूद्ध नेपालको रोमाञ्चक बराबरी

जातीय छुवाछुत तथा भेदभाव विरुद्धको अभियान

कर्णाली प्रदेशसभामा आर्थिक सर्वेक्षण पेश

Leave a comment

Your email address will not be published. Required fields are marked *