अमेरिकाविरूद्ध नेपालको रोमाञ्चक बराबरी

काठमाडौं २९ जेठ ।

आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल अमेरिकासँग हारबाट जोगिएको छ । अलराउन्डर आदिल अन्सारीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दा नेपालले अन्तिम २ बलमा २ विकेट लिएपछि आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेपाल र अमेरिकाबीचको खेल टाई भएको छ ।

जितको लागि २ सय ७५ रनको लक्ष्य पछ्याएको घरेलु टोली अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन बनायो ।  अमेरिकालाई जितको लागि अन्तिम ६ बलमा ६ रन आवश्यक थियो। तर एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरिरहेका आदिल अन्सारीले पाँच रन खर्चिदै नेपाललाई हारबाट जोगाए ।

पहिलो, दोस्रो र तेस्रो बलमा लगातार १–१ रन दिएका आदिलले चौथो बलमा नो बल फाले। फ्रि हिटमा १ रन मात्र दिए। यो सँगै स्कोर बराबरी भयो। अब अमेरिकालाई दुई बलमा जितका लागि एक रन आवश्यक थियो ।

पाँचौं बलमा आरोन जोन्सलाई आदिलले रोहित पौडेलको हातबाट आउट गराए। अन्तिम बलमा राहुल जरिवाला रन आउट हुँदा नेपालले नाटकीय रूपमा खेल बराबरी गर्न सफल भयो । यो सँगै दुबै टोलीले एक–एक अंक बाँडेका छन् ।

अमेरिकाका लागि स्टिभन टेलरले सर्वाधिक ११४ रन बनाए। १ सय २३ बल खेलेका उनले आदिल अन्सारीको बलबाट आउट हुनुअघि ११ चौका र ३ छक्कासहित १ सय १४ रनको शतकीय इनिङ खेलेका थिए ।

यस्तै कप्तान मोनांक पटेलले ८५ रन जोडे। सन्दिप लामिछानेको बलबाट आउट हुनुअघि उनले १ सय १५ बलमा उनले ४ चौका र २ छक्कासहित ८५ रन जोडेका थिए ।

आरोन जोन्सले २६ रन बनाउँदा शुसान्त मोदानीले १७ रन बनाए। राहुल जरिवाला १० रनमा आउट भए । नेपालका लागि डेब्यू खेल खेलेका आदिल अन्सारीले ९ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले समान १–१ विकेट लिए ।

त्यसअघि ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २ सय ७४ रन बनायो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६२ रन बनाए। रोहितसँगै आसिफ शेखले ६१ र देव खनालले ५४ रनको अर्धशतकी इनिङ खेले ।

ओपनर कुशल भुर्तेलले १९ रन बनाए। चोटबाट फर्किएका दुबै ओपनर आसिफ शेख र कुशल भुर्तेलले ११.५ ओभरमा ५६ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए ।

दोस्रो विकेटका लागि देव खनाल र आसिफले ६२ रनको साझेदारी गरेका थिए। आसिफ शेख ६१ रनमा आउट भएपछि देव र रोहितले ६० रनको साझेदारी गरे। खनाल ६९ बल खेल्दै ३ चौकासहित ५४ रनमा आउट भए ।

त्यसपछि चौथो विकेटका लागि रोहित र आदिल अन्सारीले ६५ रनको साझेदारी गरे। आक्रमक ब्याटिङ गरिरहेका आदिल २४ बलमा ३ चौका र २ छक्कासहित ३६ रनमा आउट भए ।

त्यसपछि दीपेन्द्रसिंह ऐरी ३ बल खेलेर १ रनमा आउट भए। छैठौं विकेटका लागि आरिफ शेख र रोहित पौडेलले १५ रनको साझेदारी गरे। आरिफ ८ रनमा आउट भएपछि लगत्तै टोलीले २ रन जोडेपछि रोहित पौडेल ६२ रनमा आउट भए ।

करन केसी शुन्य, सन्दिप लामिछाने १०, सोमपाल कामी १ र सुसन भारीले १ रन जोडे । एक समय ४३ ओभरमा २३५–३ को बलियो अवस्थामा रहेको नेपालले थप ३९ रन जोड्दा ७ विकेट गुमायो । अमेरिकाकाका लागि रस्टी थेरनले ९.२ ओभरमा ५६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए।

सौरभ नेत्रवालकारले १० ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । अली खानले १० ओभरमा ६२ रन खर्चेर २ विकेट लिए। ७ ओभर बलिङ गरेर ४८ रन खर्चिएका निसर्ग पटेल र ६ ओभर बलिङमा ४२ रन खर्चिएका यासिर मोहम्मदले समान १–१ विकेट लिए ।

अमेरिकाविरूद्ध नेपालको रोमाञ्चक बराबरी

आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

अमेरिकाविरूद्ध नेपालको रोमाञ्चक बराबरी

जातीय छुवाछुत तथा भेदभाव विरुद्धको अभियान

Leave a comment

Your email address will not be published. Required fields are marked *