पानी नपर्दा कर्णालीका पहाडी क्षेत्रमा मकै रोप्‍न समस्या

जाजरकोट । समयमै पानी नपर्दा कर्णाली प्रदेशका पहाडी क्षेत्रका किसान समस्यामा परेका छन् । पानी नपर्दा जाजरकोट,रुकुम पश्चिम र डोल्पाका किसानले मकै रोप्‍न पाएका छैनन् । यहाँका किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् ।

 

काठमाडौं उपत्यकासहित अन्य पहाडी क्षेत्रमा दिनहुँजस्तो वर्षा भइरहे पनि कर्णालीका पहाडी क्षेत्रमा भने वर्षा हुन सकेको छैन ।​ नलगाड(८ का किसान शेरबहादुर खत्रीले वैशाखभित्र मकै रोपिसक्नुपर्ने भए पनि वर्षा नहुँदा ढिलो भएको बताए ।

यहाँका किसानले धानको बीउ राख्‍न सुरु गरे पनि सिंचाइको अभाव रहेको छ । वर्षा हुन नसकेको र सिंचाइको सुविधा नभएकाले धानको बीउ राख्‍न पनि समस्या भइरहेको उनले बताए ।

पानी नपर्दा कर्णालीका पहाडी क्षेत्रमा मकै रोप्‍न समस्या

श्रीलंका संकटः कानून उल्लंघन गर्नेलाई गोली हान्ने

पानी नपर्दा कर्णालीका पहाडी क्षेत्रमा मकै रोप्‍न समस्या

आज र भोली मतदानस्थलमै मतदाता शिक्षा दिइँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *