हुम्लामा निर्वाचन अधिकृतलाई निलम्बन गर्न माग, चुनाव रोक्ने चेतावनी

हुम्ला । सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूले हुम्ला जिल्ला अदानचुली गाउँपालिका मा खटिएका निर्वाचन अधिकृतले निर्वाचन आचारसंहिता विपरीत काम गरेको आरोप लगाउँदै उनलाई कारबाही गर्न माग गरेको छ । कारबाही नगरिए चुनावसमेत रोक्ने उनीहरुले चेतावनी दिएका हुन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले जारी गरेको विज्ञप्तिमा निर्वाचन अधिकृतले निर्वाचन आचार संहिता विपरीत सर्वदलीय सहमति बिना एकलौटी रूपमा काम गरेको आरोप लगाइएको छ । गाउँपालिमा करार कर्मचारी रूपमा काम गर्ने र उम्मेदवारका घरभित्रकै मान्छेलाई निर्वाचनलाई प्रभावित पार्ने गरी आचारसंहिता विपरीत निर्वाचन कर्मचारीको रूपमा नियुक्ति गरेको उनीहरूको आरोप छ ।

निर्वाचन हुनु अगाडी नै कानुन विपरीत सक्कल मतपत्र एउटा दललाई मात्र वितरण गरेको तथा सर्वदलीय सहमति नहुँदै प्रेसमा सूचना प्रसारण गरेको र निर्वाचन अधिकृत स्वयमले निर्वाचन जस्तो संवेदनशील समयमा पूर्व गाउँपालिका अध्यक्ष र एमालेबाट हाल गाउँपालिका अध्यक्ष उम्मेदवार दल फडेराको घरमा गएर बस्ने र खानपिन गर्ने गरेको उनीहरूको भनाइ छ ।

हुम्लामा निर्वाचन अधिकृतलाई निलम्बन गर्न माग, चुनाव रोक्ने चेतावनी

हुम्लामा मौन अवधि भित्र कतै तोडफोड कतै

हुम्लामा निर्वाचन अधिकृतलाई निलम्बन गर्न माग, चुनाव रोक्ने चेतावनी

श्रीलंका संकटः कानून उल्लंघन गर्नेलाई गोली हान्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *