श्रीमतीको रिसले मदिरा पिएर स्टाफ कुट्ने क्याम्पस प्रमुख निलम्बित

कालीकोट, २७ माघ ।
मध्यपश्चिम विश्वविद्यालयले अभद्र ब्यवहार गर्ने तिलाकर्णाली वहुमुखि क्याम्पस कालीकोटका क्याम्पस प्रमुख लक्ष्मण सिहंलाई निलम्वन गरेको छ । मदिरा सेवन गरी लेखापाल, प्राध्यापक र आफ्नै श्रीमतीलाई समेत कुटपिट गर्ने सिहंलाई निलम्वन गरिएको बिश्वबिद्यालयले जनाएको छ ।

मध्यपश्चिम विश्वविद्यालयका भिसि डाक्टर नन्दवहादुर सिहंले आफ्नो मर्यादामा नवस्ने श्रीमती समेतलाई सुरक्षित राख्न नसक्ने आफै हिंसा गर्ने  ब्यक्तिलाइ एक मिनेट पनि राख्न नसकिने भन्दै निलम्वन गरि छानविन अगाडी बढाएको बताए । सिहंलाई निलम्बन गरेर सहायक क्याम्पस प्रमुख प्रध्यापक रुद्र सापटालाई प्रमुख वनाईएको उनले बताए ।

भिसी सिहंले घटनाको छानविनका लागि तीन सदस्य समिति वनाएर घटनास्थल कालीकोटमा पठाईसकेको जानकारी दिए । तीन सदस्यीय छानविन समितिको नेतृत्व ब्यवस्थापक संकायका डिन प्रोफेसर डाक्टर जितवहादुर रावतले गरेका छन् । समितिमा कानुन संकायका प्रमुख र एक शिक्षा संकायका सदस्य रहेका छन् । समितिले कालीकोट पुगेर सुरक्षा निकाय, पत्रकार, प्रध्यापक र अन्य सरोकारवाला संग भेटेर प्रतिवेदन वुझाउने छ ।

क्याम्पस प्रमुख लक्ष्मण सिहंले गएको शनिवार आफ्नै श्रीमतीलाई कुटपिट गरेपछि प्रहरीले उद्धार गरी आफन्तकोमा पठाएको थियो । आईतवार श्रीमतीले प्रहरी समक्ष निवेदन दिएकी थिइन् भने सोमवार क्याम्पसका लेखापाल पदमवहादुर बिष्ट, प्राध्यापक, वडा नं ३ का वडा अध्यक्ष र अन्य स्थानीय अबिभावकलाई समेत हातपात गरेका थिए ।

याे पनि पढ्नुहाेस :-

कालीकोटमा क्याम्पस प्रमुख मदिरामा लठ्ठीएपछि ….

श्रीमतीको रिसले मदिरा पिएर स्टाफ कुट्ने क्याम्पस प्रमुख निलम्बित

एसईईको परीक्षा तालिका सार्वजनिक (सूचीसहित)

श्रीमतीको रिसले मदिरा पिएर स्टाफ कुट्ने क्याम्पस प्रमुख निलम्बित

सांग्रीलाको १०७ औं शाखा सल्लिवजारमा

Leave a comment

Your email address will not be published. Required fields are marked *