कालीकोटमा क्याम्पस प्रमुख मदिरामा लठ्ठीएपछि ….

प्रभुराम पाण्डे
कालिकोट, २५ माघ ।
जिल्लाको तिलाकर्णाली बहुमुखी क्याम्पस कालीकोटका प्रमुख लक्ष्मणबहादुर सिंहले मदिरा सेवन गरि लेखापाल माथि हातपात गरेका छन् । क्याम्पस प्रमुख रहेका सिंहले सोमबार विहान मदिरा सेवन गरी लेखापाल पदमबहादुर विष्टमाथि हातपात गरेका हुन । सोमबार विहानैदेखि मदिरामा लठ्ठीएका क्याम्पस प्रमुख सिंहले लेखापालसहित अन्य शिक्षकहरु र स्थानीय नागरिकमाथी हातपात गरेका छन् ।

शिक्षकमाथीको हातपातसहित गालीगलौज समेत गरेको लेखापाल पदमबहादुर विष्टले बताए । उनले भने ‘विहानको समयमा क्याम्पस प्रमुखले कोठामा बोलाउनुभयो, चेकमा हस्ताक्षर बिग्रेको थियो, त्यसैले होला सोचँे कोठामा नपुग्र्दै लौरीले टाउकामा हिर्काउनुभयो’ के कति कारणले हो जानकारी समेत पाउन सकिएन । विष्टले भने ‘पछि बुझ्दै जाँदा उहाँको पारिवारिक झगडाको रिस हामीमाथि पोख्नु भएछ ।’

विष्टलाई मात्र होइन क्याम्पस प्रमुख सिंहले क्याम्पसमा आएका स्थानीय नागरिकमाथी पनि हातपात गरेको बताएका छन् । तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोटमा कार्यरत शिक्षक रूद्रप्रसाद सापकोटा, ताराकेशर रावत, धर्मराज कँडेल, कृष्णप्रसाद भण्डारी, दिपक थापा, मिठ्ठुकुमारी शाही, खड्कराज शाही, कुलप्रसाद बराल तथा कर्मचारीहरु पदमबहादुर विष्ट, दानबहादुर सिंह, नयनबहादुर शाही, रविन्द्रबहादुर विष्ट, विष्णुप्रसाद पाण्डेसहितले सँयुक्त विज्ञप्ती निकाले छन् ।

तिला कर्णाली बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मणबहादुर सिंहले क्याम्पसमा अध्यापन गराउने शिक्षक र स्थानीय नागरिक संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालयमा पुगेका छन् । तिला कर्णाली बहुमुखी क्याम्पसका लेखापाल पदमबहादुर विष्ट र स्थानीय नागरिकमाथिको हातपातलाई लिएर कानुनी कार्वाहीको माग गर्दै स्थानीय नागरिक र शिक्षक प्रहरी कार्यालय पुगेका हुन् ।

क्याम्पस संचालन हुने समयमा क्याम्पस प्रमुखले मदिरा सेवन गरि जथाभावी गालिगलौज सहित शिक्षकमार्थि हातपात गरेकाले कानुनी कार्वाहीको माग गरिएको छ । क्याम्पसमा अध्यापन गराउने सम्पूर्ण शिक्षकहरुले क्याम्पस प्रमुख सिंहलाई कानुन बमोजिमको कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कालीकोट पुगेका हुन् । नजिकको समुदाय, क्याम्पसका शिक्षक तथा कर्मचारीहरु माथि यस्ता कुकृति गर्ने क्याम्पस प्रमुखलाई कानुनी कटघेरामा उभ्याई हदैसम्मको कानुनी कार्वाही गर्न सम्वन्धित निकायमा जोडदार माग गर्दछौ भनिएको छ ।

विज्ञप्तीमा लेखिएको छ
कालिकोट वासीहरुको अथक प्रयासका बावजुत मिति २०६२ सालमा स्थापना भएको तिला कर्णाली बहुमुखी क्याम्पस, कालिकोट जिल्लाकै उच्च शिक्षाको धरोहर तथा कालिकोटवासीहरुको पसिनाको प्रतिफल भएको कुरा हामी सवैलाई सर्वविदितै छ । स्थापना कालदेखि हालसम्म उच्च जनशक्ति निर्माण गरी राष्ट्र निर्माणमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।

आफ्नो घरको गास खाएर आगनमै आफ्ना सन्ततीहरुलाई उच्च शिक्षा प्रदान गर्ने कालिकोटबासीहरुको सपनालाई विपनामा परिणत गर्दै आइरहेको यस क्याम्पसले विभिन्न अप्ठ्यारा तथा चुनौतीहरु छिचोल्दै गुणस्तरीय शिक्षा दिइरहेको छ । स्थापना कालमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पसका रुपमा रहेको यो क्याम्पस मध्यपश्चिम विद्यालय स्थापना पश्चात् मिति २०७५ भाद्र ११ गते मध्यपश्चिम विश्वविद्यालयमा समायोजन भई हाल मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा संचालित छ ।

मध्यपश्चिम विश्वविद्यालयको विधि विधान अनुसार स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमहरु यस क्याम्पसले संचालन गदै आएको कुरा तपाई हामीमा अवगत छदैछ । मध्यपश्चिम विश्वविद्यालयको ऐन, नियमानुसार गत मिति २०७६ साल जेष्ठ १५ गतेबाट हाजिर हुनेगरी श्री लक्ष्मण सिंहलाई क्याम्पस प्रमुखको रुपमा विश्वविद्यालयले नियुक्त गरे पश्चात् क्याम्पसको शैक्षिक ,भौतिक तथा प्रशासनिक गतिविधिहरु खस्कदै आइरहेको कुरा थप प्रष्ट्याउनु नपर्ला ।

बेलाबेलामा क्याम्पस हाताभित्र तथा हाता बाहिर क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई गाली,बेइजती गर्ने र प्रोत्साहनको सट्टा हतोत्साहित गर्ने कार्य हुदै आइरहेकोमा शिक्षक तथा कर्मचारीहरुका साथै नजिकका गाउँलेबासीहरुसंग पनि पटक–पटक झगडा,गाली,बेइज्जती गरेको सवुत प्रमाण हामीहरुलाई घाम जस्तै छर्लंग छ । यिनै विविध कुकर्मको निरन्तरता तथा परिणाम स्वरुप आज मिति २०७८ माघ २४ गते यस क्याम्पसमा कार्यरत कर्मचारी श्री पदमबहादुर विष्ट आफ्नै कार्यकक्षमा नियमित काम गरिरहेको बेला निज क्याम्पस प्रमुखले जाडरक्सी सेवनगरी आफ्नो कोठामा बोलाई लाठी तथा हातहतियार प्रयोग गरी मरणासन्न हुनेगरी कुटपिट गरेको कुरा अवगत गराउँदछौ ।

क्याम्पस जस्तो उच्च जनशक्ति निर्माण गर्ने प्राज्ञिक थलोमा कार्यरत क्याम्पस प्रमुखले गरेको अप्राज्ञिक तथा अपराध जन्य कार्यको घोर भत्र्सना गर्दछौं । नजिकको समुदाय, क्याम्पसका शिक्षक तथा कर्मचारीहरु माथि यस्ता कुकृति गर्ने क्याम्पस प्रमुखलाई कानुनी कटघेरामा उभ्याई हदैसम्मको कानुनी कार्वाही गर्न सम्वन्धित निकायमा जोडदार माग गर्दछौं ।

कालीकोटमा क्याम्पस प्रमुख मदिरामा लठ्ठीएपछि ….

विद्यार्थी नेता राजन अधिकारीको पहलमा महाबैमा राहत

Leave a comment

Your email address will not be published. Required fields are marked *