नेकपा (एस) को जनपरिचालन अभियान सुरु

दुर्गा विसि
सल्लीबजार, २० चैत्र ।
सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा नं. १ मा नेकपा समाजवादीले जनपरिचालन वडा भेला गरेको छ । भेलामा टोल वस्ति वस्तिमा निर्वाचन वडा परिचालन टिम गठन गरिएको छ ।

टोल वस्तिको रिपोर्टिङ पछि अझै पार्टीलाई सशक्त वनाउने विषयमा चुनावी प्रि–पलान तयारी गरिएको छ । प्रदेश कमिटी सदस्य गणेश विसिको प्रमुख आतिथ्यमा भएको जनपरिचालन अभियान भेलामा प्रदेश कमिटी सदस्य जीवन विसि, जिल्ला कमिटी सदस्य, शान्त कुमार यरि, डम्बर ज्वाला, तुङ्ग विसि, दोर्ण यरि, नगर कमिटी सदस्य प्रकाश वुढा, हेमराज वुढा, लोगवहादुर वुढा, विद्यार्थी नेता तिलक नेपाली, युवा संघ नगर कमिटी सचिव प्रसान्त साहु लगायतले धारणा राखेका थिए ।

जनपरिचालन अभियान भेलामा वोल्ने नेताहरुले १ नम्बर वडा समाजवादीको लाल किल्ला भएको र ८० प्रतिशत बर्चस्व रहेको दावि गरे । उल्लेख्य सहभागीता रहेको जनपरिचालन भेलामा टोल र वस्तिमा चुनावी कमान्डर समेत घोषणा गरिएको छ ।

वडा स्तरका अगुवा नेताहरुले आ–आफ्नो टोल वस्तिको अवस्थाका विषयमा रिपोर्टिङ गरेका थिए । पार्टी वडा कमिटी अध्यक्ष दिप बस्नेतको सभा अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भरत सुनारले गरेको जनाएको छ ।

नेकपा (एस) को जनपरिचालन अभियान सुरु

रेडियो नेपालको ७२ औं वार्षिकोत्सव

Leave a comment

Your email address will not be published. Required fields are marked *