डब्लुएचओ भन्छ : विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट

एजेन्सी : विश्वभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको पाइएको छ। यही जुलाई १७ देखि २५ सम्म सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत वृद्धि भएको अधिकारीहरूले जानकारी दिएका छन्। त्यस हप्ता ३८ लाख मानिस कोरोनाबाट संक्रमित भएका थिए।

संयुक्त राष्ट्रसंघको स्वास्थ्य सम्बन्धी निकायको रुपमा रहेको विश्व स्वास्थ्य संगठनले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म संक्रमित संख्यामा वृद्धि भएको जनाएको छ। पछिल्लो हप्ता दैनिक विश्वभर पाँच लाख ४० हजार संक्रमित भएका छन्। त्यसअघि चार लाख ९० हजार औसतमा दैनिक संक्रमित भएका डब्लएचओको भनाइ छ।

त्यसैगरी अघिल्लो हप्ताको तुलनामा गत हप्ता मृत्यु भएकाको संख्यामा पनि थोरै वृद्धि भएको डब्लुएचओका अधिकारीहरूले जनाएका छन्। डब्लुएचओले विश्वका १३२ देशमा कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएको पनि जानकारी दिएको छ।

त्यसैगरी अल्फा भेरियन्ट १८२ देशमा, बेटा भेरियन्ट १३१ देशमा र गाम्मा भेरियन्ट ८१ देशमा पुगेको पनि डब्लुएचओले जनाएको छ। संक्रमितको कुल संख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि छ भने भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायतलगायत देशले क्रमशः अमेरिकालाई पछ्याइरहेका छन्।

कतिपय देशमा कोरोनाको चौथो चरणको महामारीसमेत सुरु भएको जनाइएको छ।

डब्लुएचओ भन्छ : विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट

एन्फा कार्यकारी समितिको आकस्मिक बैठक आज

डब्लुएचओ भन्छ : विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट

विश्वमा एकै दिन थपिए साढे ६ लाख

Leave a comment

Your email address will not be published. Required fields are marked *