भारतलाई हराउँदै श्रीलंकाले जित्यो टी-२० सिरिज

एजेन्सी : भारतसँगको तीन खेलको टी-ट्वान्टी श्रृङ्खला श्रीलंकाले जितेको छ। गएराति सम्पन्न तेस्रो तथा अन्तिम टी ट्वान्टीमा ७ विकेटको जित हात पारेसँगै श्रीलंकाले तीन खेलको श्रृङ्खला २-१ ले जितेको हो।

श्रीलंकाको जितमा धनन्जय डी सिल्भाले अविजित रहदै २३ रन बनाए। वानिन्दु हसरंगा १४ रनमा अविजित रहे। यस्तै मिनोद भानुकाले १८ रन जोड्दा अभिष्का फर्नान्डोले १२ रन बनाए । सादिरा राशेन ६ रनमा आउट भए। भारतका राहुल चाहरले ३ विकेट लिए।

यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर ८१ रन बनाएको थियो। भारतका लागि कुलदिप यादवले अविजित रहदै २३ रन बनाए। भुवनेश्वर कुमारले १६ रन जोड्दा रुतुराज गायकवाडले १४ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

भारतलाई सस्तैमा समेट्न श्रीलंकाका वानिन्दु हसरंगाले ४ विकेट लिए। डसुन शनकाको नाममा २ विकेट रह्यो। यसअघि पहिलो खेल भारतले र दोस्रो खेल श्रीलंकाले जितेको थियो।

भारतलाई हराउँदै श्रीलंकाले जित्यो टी-२० सिरिज

जसले जागिरमा होइन, व्यवसायमा भविष्य देखे

भारतलाई हराउँदै श्रीलंकाले जित्यो टी-२० सिरिज

पहिलो चरणबाटै बाहिरिइन् सरस्वती चौधरी

Leave a comment

Your email address will not be published. Required fields are marked *