असोज मसान्तसम्म सदस्यता नविकरणमा छुट

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले असोज मसान्तसम्म सदस्यता नविकरणका लागि छुट दिने निर्णय गरेको छ ।
सोमबार संघका अध्यक्ष धनबहादुर रावतको अध्यक्षतामा बसेको कार्य समितिको असोज मसान्तसम्म सदस्यता नविकरणमा छुट दिने निर्णय गरेको हो ।
कोरोना महामारी र बन्दाबन्दीले आर्थिक क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर असोज मसान्तसम्म सदस्यता नविकरणमा छुट दिने निर्णय गरेको महासचिव लक्ष्मण कँडेलले जनाए ।
यस्तै संघको भवनमा कोठा भाडामा लिएर पसल सञ्चालन गर्ने व्यावसायीलाई एक महिना घरभाडा छुट दिने समेत निर्णय गरेको छ ।
संघले घरधनीलाई आप्mनो इच्छा र गच्छे अनुसारको उद्योगी व्यापारी व्यवसायीलाई पनि घरभाडामा छुट सार्वजनिक अपिल गर्ने निर्णय गरेको छ । बैठकले कोरोनाको प्रकोपका कारण स्थगित हुँदै आएको संघको ३६ औं र ३७ औं वार्षिक साधारणसभा आगामी असोज २ गते गर्ने निर्णय गरेको छ ।






