धनगढी बसपार्कमा शव फेला, हत्या आशंका, ६ जना नियन्त्रणमा

धनगढी : धनगढीको बसपार्कमा एक पुरुष मृत अवस्थामा भेटिएका छन्। बसपार्कस्थित प्रतीक्षालयमा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

अन्दाजी ३० वर्षीय ती पुरुष प्रतीक्षालयमा सुतेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।

हत्या आशंका, ६ जना नियन्त्रणमा

बसपार्कमा मृत भेटिएका पुरुषको हत्या भएको आशंका गरिएको छ। हत्या आशंकामा सोधपुछका लागि ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बसपार्कबाट ६ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।

टाउकोमा चोट लागेको अवस्थामा भेटिएको शवको परिचय खुल्न बाँकी रहेको र प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको विष्टले बताए।

धनगढी बसपार्कमा शव फेला, हत्या आशंका, ६ जना नियन्त्रणमा

मुख्यमन्त्री शंकर पोखरेलकाे मान्छे हुँ भन्दै भेरी

धनगढी बसपार्कमा शव फेला, हत्या आशंका, ६ जना नियन्त्रणमा

अमेरिकी सेनाका चिकित्सक दम्पतीलाई गोली हानी हत्या

Leave a comment

Your email address will not be published. Required fields are marked *