‘स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कडा कारबाही गरियोस्’

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हातपात गर्नेमाथि कडा कारबाही गर्न माग गरेको छ।

मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित पक्षसँग माग गरेका छन्।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कडा कारबाहीको प्रबन्ध गरिदिन अनुरोध छ।’

विषम परिस्थितिमा पेशागत मर्यादा नभुली काम गरिरहेका स्वास्थ्यकर्मीमाथि कार्यस्थलमै साङ्घातिक हमला हुनु निकै लज्जास्पद भएको समेत सह प्रवक्ता डा अधिकराीले बताएका छन्।

‘स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कडा कारबाही गरियोस्’

कर्णालीमा माओवादी संसदीय दलको प्रमुख सचेतकमा विष्ट

‘स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कडा कारबाही गरियोस्’

न्यायाधीशमाथि कानुन व्यवसायीले उठाए प्रश्न

Leave a comment

Your email address will not be published. Required fields are marked *