घुँयत्राे : भन्ने बेलाँ ८ देखि १२ हप्ता बीचाँ खोप लाउने भन्ने । तर अहिलेसम्म अत्तोपत्तो नै नभएछि हाम्ले के गर्ने हो ?

पहिलो सुईलाको १२ हप्ता नाघ्ने बेलासम्म नी दोस्रो पटक सुई लाउने अत्तोपत्तो छैन त हँ । हामी दास्रो पटक खोप लाउन नपाउने हो ?
भन्ने बेलाँ ८ देखि १२ हप्ता बीचाँ खोप लाउने भन्ने । तर अहिलेसम्म खोप लाउने अत्तोपत्तो नै नभएछि हाम्ले के गर्ने हो ? सरकार भने कानमा तेल हालेर बस्या छ । सरकारका स्वास्थ्य मन्त्री भने खोप दलाल र कमिशन खोरको चंगुलमा फसेको विज्ञप्ति दिएर पन्छिन्छन् । जनताका संरक्षक र अभिभावक भनेका प्रधानमन्त्री विपक्षीहरुलाई गाली गर्न पत्रकार सम्मेलनाँ ब्यस्त छन् ।
खोप ल्याउन भारतसित कुटनीतिक प्रकृया अघि नबढाएर दलालहरुलाई अघि सार्दा भारतले खोप दिन आनाकानी गरेको प्रष्ट थाहा हुँदाहुँदै नी प्रधानमन्त्रीले त्यसतर्फ कदम नचालेर मुक दर्शक भएर बस्नुले देश भयानक दुर्घटनामा फस्ने निश्चित छ ।
कुनै ब्यक्ति र ब्यक्तिको बदलाको शिकार देशलाई बनाउनु किमार्थ राम्रो हैन । त्यसैले समयमै प्रधानमन्त्रीले जनताको स्वास्थ्य जस्तो गम्भीर विषयमा गम्भीर र जवाफदेही बन्नैपर्छ । दुई तिहाइका नाममा प्रधानमन्त्रीले अहिले जसरी दल र जनतालाई महामारीको शिकार बनाइ रहेका छन्, यो मानवीय व्यवहार हुन सक्दैन ।
यो महामारीले उनका नेता, कार्यकर्ता र आफन्तलाई लैजान्न भन्ने छैन । जब उनी र उनका कार्यकर्ताका घरमा महामारी पसेर चिच्याकल्लो गराउला त्यसबेलाँ तिनकै कार्यकर्ता उनीमाथि खनिए भने प्रधानमन्त्रीले त्यसको सामना कसरी गर्लान् ? अहिले पीडित जनताको मुखबाट यिनै कुराहरु उठिरहेका छन् ।
अस्पतालमा मानिसको मर्ने क्रम रोकिएको छैन । तर महामारीलाई झेलिरहेका जनतालाई सान्त्वनाका दुई शब्द व्यक्त गर्दैनन् प्रधानमन्त्री । देशको प्रधानमन्त्री जस्तो मान्छे जनताप्रति किन यति निर्दयी बनेको हो । यसको भेउ सामान्य गरिखाने जनताले पाएकै छैनन् । रोगसँगै भोकले मर्ने बेला आइसकेको छ । तर जनतालाई बाँच्ने आधार खोज्दिन सरकार चिन्तित छैन ।
अन्य मुलुकमा जनताको रोजीरोटि र स्वास्थ को लागि सरकारले अनेकन कार्यक्रम ल्याएको छ । उनीहरुको चिन्तन २४ ऐ घण्टा जनताप्रतिछ तर नेपाल सरकार भनमकि कमिनिष्ट सरकार उसलाई जनताको कुनै मतलव छैन । के प्रधानमन्त्रीलाई आँफूले घोषणाँ गरेको चुनावबाहेक अरु कुनै कुरा मतलव नभा हो त ? आखिर चुनावलाई नै महत्व देको भएनी भोट हाल्दिन त जनता नै चाहिने होलान नी ? वेदर्षि






