स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डाक्टर कृष्ण पौडेल नियुक्त

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा कृष्ण पौडेल नियुक्त भएका छन् ।

डा जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेपछि प्रवक्ता खाली थियो।

गौतम स्वास्थ्य मन्त्रालय अन्तर्राष्ट्रिय समन्वय महाशाखाको जिम्मेवारीमा समेत रहेका थिए। उनको स्थानमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले शुक्रबार डा पौडेललाई नियुक्त गरेको बताइएको छ।

पौडेल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकका रुपमा थिए। उनलाई दुवै जिम्मेवारी हेर्ने गरि नियुक्त गरीएको हो।

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डाक्टर कृष्ण पौडेल नियुक्त

बाँकेमा कोरोना संक्रमणबाट थप सातजनाको मृत्यु

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डाक्टर कृष्ण पौडेल नियुक्त

दिउँसो ४ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन

Leave a comment

Your email address will not be published. Required fields are marked *