‘वडाध्यक्ष कराँते कप’मा वडा १३ लाई आठ स्वर्ण

सुर्खेत । प्रथम वडाध्यक्ष कराते कपमा वडा नं. १३ ले आठ स्वर्ण, पाँच रजत र ६ काँस्यसहित प्रथम स्थान भएको छ । त्यस्तै सातस्वर्ण, ६ रजत र सात काँस्यसहित वडा नं. ३ दोस्रो भएको छ । चार स्वर्ण, तीन रजत र एक काँस्यसहित वडा नं. ४ तेस्रो र दुई स्वर्ण, पाँच रजत र एक काँस्य सहित वडा नं. ६ सान्तोना भएका छनु ।

प्रतियोगितामा प्रथमले सात हजार, दोसु्रोले पाँच हजार, तेस्रोले तीन हजार र सान्तोनाले दुई हजार नगद हात पारेका छन् । प्रतियोगितामा महिलातर्फ वडा नं. ३ की अन्जना शाही र पुरुषतर्फ पनि वडा नं. ३ कै निशान खड्का उत्कृष्ट भएको अन्तर्राष्ट्रिय कराँते खेलाडी प्रकाश खड्काले जानकारी दिए ।

वडा नं. १३ को आयोजना र नेपाल गोजुरियो कराते दो–संघ करेखोलाको सह–आयोजनामा भएको ‘प्रथम वडाध्यक्ष कराते कप–२०७७’मा वीरेन्द्रनगरका विभिन्न ९ वटाका खेलाडीहरुको सहभागिता रहेको थियो । खेलको संयोजन भेषजंग शाहीले गरेको थिए ।
वडाध्यक्ष भूपेन्द्रबहादुर दर्लामीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा साक प्रतियोगितामा स्वर्णपदक विजेत सोनामाया थापा र तेजु गुरुङ, राष्ट्रियले खेलमा स्वर्णपदक विजेता हेमन्त मल्ल र रमेश नेपाली र अन्तर्राष्ट्रिय खेलाडी प्रकाश खड्का, सन्दिप महत्त, डम्बरबहादुर शाही, चन्द्र लामिछाने लगायतलाई सम्मान गरिएको थियो ।







