शनिबार थपिए ८५ जना कोरोना संक्रमित, तीनजनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ७५० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयका अनुसार शनिबार ९३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ४३५ पुगेको छ ।
हाल देशभर १ हजार २ सय ८८ जना सक्रिय संक्रमित रहेका छन् । गत चौबीस घन्टामा २ हजार ७ सय ४५ पीसीआर परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार २७ पुगेको छ ।





