२०८३ असार २ गते
×

Now Playing

निषेधाज्ञाको मौका पारी यात्रु ठँग्दै जीपवला, ८ सय लाग्ने भाडादरमा १५ सय असुली

सुर्खेत । निषेधाज्ञाको मौका छोपि जिप चालहरुले यात्रुबाट डब्बल भाडा असुली गरेको पाईएको छ । सुर्खेतबाट दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका चाल्लेचौतारा सम्मको भाडा पहिलेको भन्दा दुईगुणा बढि मनोज किराना पसल नामक कर्णाली प्रदेश–०२००१ च ०२३४ नम्बरको गाडीले असुली गरेको पाइएको हो ।

आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगर देखि दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका चाल्ले चौतारा भन्ने ठाउँमा गएका यात्रुलाई ठगी गर्दै प्रतिव्यक्ति १५ सयका दरले भाडा लगेको पीडित पुष्पा दशौदीका दाइ सुर्य दशौदीले जानकारी दिए ।

उनका अनुसार पहिलाको जिप भाडा दर प्रतिव्यक्ति ७५० देखि ८५० सम्म रहेको थियो तर गाडि चालकले निषेधाज्ञाको फाईदा उठाउँदै आफ्नो दुई बहिनिबाट तीन हजार रुपैँया भाडा मागेको दाइ शुर्यले बातए ।
उनले भने ‘दुई बहिनिको भाडा गरेर तीनहजार दिदाँ पनि गाडि चालकले हुदैँन थप एक हजार गरेर चार हजार चाहिन्छ भन्दै गाडीमा भएको मेरो सामान समेत दिएको छैन्, र गाडि चालकले मलाई चार हजार दिनुहोस् अनि मात्रै तपाईंको सामान लैजानुहोस् भन्दै धम्काउने गरेको छ ।’

यता गाडी मालिक मनोज विकले लकडाउनको समयले भाडा दर बढेको बताए । उनले भने ‘यो १५ सय भाडा असुली गरेको भन्ने कुरा स्वीकार गर्छु । पहिला एकहजार भाडादर थियो, महामारी तथा निषेधाज्ञाको समयले गर्दा सबै गाडीवलाले एकहजार बाट बढाएर १५ सय पु¥याएँका छन् । हामीले पनि त्यहीँ अनुसार भाडा उठाउँने गरेका छौँ ।’

त्यस्तै जिल्ला ट्रफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले निषेधाज्ञाको समयमा गाडी नचलेको बताए । यस विषयमा पुर्ण जानकारी नभएको र यती कुनै पनि व्यक्तीले लुकीछिपी गाडी चलाउँने र डब्बल भाडा उठाउँने गरेको त्यस्ता गाडीलाई नियन्त्रणमा लिएर कावार्ही गर्ने बताए ।

निषेधाज्ञाको मौका पारी यात्रु ठँग्दै जीपवला, ८ सय लाग्ने भाडादरमा १५ सय असुली

कार्टुन

निषेधाज्ञाको मौका पारी यात्रु ठँग्दै जीपवला, ८ सय लाग्ने भाडादरमा १५ सय असुली

आज सुनको मुल्य घट्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *