भूकम्पको ६ वर्ष : इपिसेन्टरका दलित समुदायमा नेताको राजनीति, टहरामै स्थानीय !

२०७२ साल वैशाख १२ गते सम्झँदा भूकम्पको इपिसेन्टर बारपाकका सुकबहादुर बिकको मन भक्कानिन्छ । उनलाई लाग्छ, ‘त्यो दिन उनको घर मात्रै ढलेन, उनको मुटुमा पीडाका किलो गाडियो, जुन किलोले उनलाई ६ वर्षदेखि च्वास्स बिझाइरहेको छ ।’

उनले जीवनमा जेनतेन दु:ख गरेर बनाएको घर ढल्यो। अनि, ढलेको घरसँगै उनले एकै पटकमा परिवारका तीन सदस्य गुमाए। त्यो दिन उनको भाइबुहारी र दुई कलिला नातिनीले भूकम्पले भत्काएको घरमुनि अन्तिम श्वास फेरे ।

उनी त्यो कालो दिन बिर्सन चाहन्छन्, ति अतितलाई भुल्ने कोसिस् गर्छन्। तर, सक्दैनन् । उनी भन्छन्, ‘भूकम्पले दिएका पीडाहरू बिर्सन खोज्छु तर भूकम्प गएदेखि अहिलेसम्म त्रिपालमुनि नै बसिरहनुपरेको छ ।

हावा आउँदा उडाउँछ कि भन्ने डर, पानी पर्दा भित्र छिर्छ भन्ने डर, घाम लाग्दा गर्मीले पोल्छ। अनि मेरो घर नभत्किएको भए यो समस्या हुने थिएन भन्ने सोच आउँछ। अनि भूकम्प सम्झन्छु, त्यसपछिका पीडाहरू।’

उनी कुराकानी गर्दा गर्दै टक्क रोकिन्छन्। अनि थप्छन्, ‘हुन त यहाँ मेरो मात्रै घर भत्किएको हैन अनि घर भत्किएर अहिलेसम्म टहरोमा बस्ने म मात्रै पनि हैन। म जुन हालतमा छु, हाम्रो समुदायका २५ घरधुरीको हालत पनि उस्तै छ।’

भूकम्प अघि बसिरहेको पुख्यौली थलोमा पुन घर बनाएर बस्न नसक्ने भएपछि सरकारले यो समुदायलाई अन्यत्रै जग्गा दिने भन्यो । त्यसपछि यहाँका दलित समुदायका पीडितहरूले आफूहरूलाई सरकारले अन्य ठाउँमा जग्गाको लालपुर्जा दिने र घर बनाउन तीन लाख रुपैँया दिने भन्ने कुरा विभिन्न सन्चार माध्ययमबाट पटकपटक सुने । अनि, नयाँ ठाउँमा सुरक्षित घर बनाउन पाउने आश गर्न थाले। उनीहरू आशै आशमा ६ वर्ष बिताइसके।

भूकम्पको ६ वर्ष : इपिसेन्टरका दलित समुदायमा नेताको राजनीति, टहरामै स्थानीय !

रूपन्देहीको छात्रावासमा बसेकी एक छात्राको ज्वरोका कारण

भूकम्पको ६ वर्ष : इपिसेन्टरका दलित समुदायमा नेताको राजनीति, टहरामै स्थानीय !

पिसिआर रिपोर्टविना भारत प्रवेशमा रोक

Leave a comment

Your email address will not be published. Required fields are marked *