रूपन्देहीको छात्रावासमा बसेकी एक छात्राको ज्वरोका कारण मृत्यु
रूपन्देहीको एक निजी विद्यालयको छात्रावासमा बस्दै आएकी एक छात्राको उपचार क्रममा मृत्यु भएको छ ।
तिलोत्तमाको नयाँमिलस्थित प्यारामाउन्ट बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत १५ वर्षीया प्रतिमा सापकोटाको शनिबार (हिजो) मृत्यु भएको हो ।
उच्च ज्वरो र पेट दुख्ने समस्या निम्तिएपछि उनलाई शनिबार परिवारका सदस्यले मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार निम्ति लगेका थिए ।
तर, अस्पताल पुर्याएलगत्तै मृत्यु भएको उनका दाजु प्रकाश सापकोटाले जानकारी दिए ।
छात्राको मृत्युपछि विद्यालयले होस्टेलमा रहेका विद्यार्थीहरूको पीसीआर परीक्षण गर्न स्वाब संकलन गराएको छ।
तर, रिपोर्ट आइनसकेको विद्यालयका सहायक प्रिन्सिपल एलडी किराँतले बताए।