रूपन्देहीको छात्रावासमा बसेकी एक छात्राको ज्वरोका कारण मृत्यु

रूपन्देहीको एक निजी विद्यालयको छात्रावासमा बस्दै आएकी एक छात्राको उपचार क्रममा मृत्यु भएको छ ।

तिलोत्तमाको नयाँमिलस्थित प्यारामाउन्ट बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत १५ वर्षीया प्रतिमा सापकोटाको शनिबार (हिजो) मृत्यु भएको हो ।

उच्च ज्वरो र पेट दुख्ने समस्या निम्तिएपछि उनलाई शनिबार परिवारका सदस्यले मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार निम्ति लगेका थिए ।

तर, अस्पताल पुर्‍याएलगत्तै मृत्यु भएको उनका दाजु प्रकाश सापकोटाले जानकारी दिए ।

छात्राको मृत्युपछि विद्यालयले होस्टेलमा रहेका विद्यार्थीहरूको पीसीआर परीक्षण गर्न स्वाब संकलन गराएको छ।

तर, रिपोर्ट आइनसकेको विद्यालयका सहायक प्रिन्सिपल एलडी किराँतले बताए।

रूपन्देहीको छात्रावासमा बसेकी एक छात्राको ज्वरोका कारण मृत्यु

भारतमा अक्सिजन अभाव : छट्पटाउँदै संक्रमित, स्टील

रूपन्देहीको छात्रावासमा बसेकी एक छात्राको ज्वरोका कारण मृत्यु

भूकम्पको ६ वर्ष : इपिसेन्टरका दलित समुदायमा

Leave a comment

Your email address will not be published. Required fields are marked *