बनगाडमा केपि ओली गुट कमिटी विस्तारमा जुट्यो

दुर्गा विसी
सल्लीबजार, १२ माघ ।
नेपाल कम्युनिस्ट (नेकपा) बनगाड कुपिण्डे नगरपालिकाको वडा स्तरीय अगुवा कार्यकर्ता भेला प्रशिक्षण एवं वडा कमिटी विस्तार कार्यक्रम सुरु भएको छ । वडा नं. २ बाट वडा कमिटी विस्तारको काम सुरु गरिएको छ । वडा कमिटी अध्यक्ष मोतिराम वुढा र सचिव योगेश्वर शर्मा ओली खेमामा रहेकोले उक्त वडामा ओली समूह बलियो देखिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा जिल्ला अध्यक्ष गोविन्द कुमार पुन, कर्णाली प्रदेश परिषद् सल्लाहकार समिति सदस्य प्रतिमल वुढाथोकी, परिषद् सल्लाहकार समिति सदस्य अकबर पुन, नेकपा जिल्ला कमिटी सदस्य आषा ओली, जिल्ला कमिटी सदस्य दिपेन्द्र प्रकाश डिसी, नगर कमिटी सचिव गञ्जमान वुढा, नगर कमिटी सदस्य शंकर प्रसाद शर्मा, ठेरो महतारा, सञ्जिता शर्मा, वडा कमिटी सदस्य महेश शर्मा, अनेरास्ववियुका जिल्ला सदस्य पुष्कर विक, रवि शर्मा, युवा संघ जिल्ला कमिटी सदस्य ओम प्रकाश शर्मा, युवा संघ नेपालका नगर संयोजक विवेक पुन, राजिव वुढा लगायका बक्ताले धारणा राखेका थिए ।

साथै भुपेन्द्र विसिको अध्यक्षतामा वडा नं २ को युवा संघ गठन गरिएको छ । वडा कमिटी पनि विस्तार गरिएको अध्यक्ष मोतिराम वुढाको भनाइ रहेको छ । सोमबारबाट सुरु भएको वडा कमिटी विस्तार तथा प्रशिक्षण कार्यक्रम २२ गते सकिने जनाएको छ । ओली खेमाको प्रत्येक वडामा सो कार्यक्रम गर्न लागिएको जनाएको छ ।

उक्त वडामा वडा अध्यक्षसहित २ सदस्य,नेकपा पार्टीका वडा अध्यक्ष, सचिव उक्त टिममा खुलेरै लागि सकेका छन् । कार्यक्रम वोल्दै नेता पुनले दिनप्रतिदिन आफ्नो टिममा संख्या वढिरहेको जनाएको छ । यहि शक्ति विशाल हुने दावि समेत थियोे । काम गर्न नदिने र पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई घेराबन्दी गरेर असफल पार्ने प्रपञ्च स्वरुप आज अवस्था आएको जनाएको छ ।  अब विकल्प भनेको ताजा जनादेश वाहेक अन्य उपाए नरहेको र चुनावी तयारीमा जुट्न आफु निकट कार्यकर्तालाई विशेष जोड थियोे ।मोतिराम वुढाको सभा अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गंगाराम शर्माले गरेको वताएको छ ।

बनगाडमा केपि ओली गुट कमिटी विस्तारमा जुट्यो

निर्वाचनकाे तयारी

Leave a comment

Your email address will not be published. Required fields are marked *