काम सम्पन्न योजनाको भुक्तानी पाउनै सास्ती

दुर्गा विसि । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा योजना सम्पन्न भएका भुक्तानी पाउनै जुलम देखिन्छ । १ सय ९३ वटा योजनामा अहिलेसम्म ७० वढि योजना सम्पन्न भैसकेका छन् ।सम्पन्न भएका योजनाको भुक्तानिका लागि उपभोक्त धाउँदा धाउँदा हैरानीमा परेका छन् ।
बनगाड कुपिण्डे नगरपालिकामा नयाँ कार्यकारी मनोज रेग्मी आए देखि झन काममा सुस्तता वढेको छ । योजना सम्पन्न भैइ भुक्तानी लिन धाउन थालेको मंसिर देखि हो अहिलेसम्म १५ पटक गैसके तर भोलि आउनुहोस भन्दा हैरानी भएको जनता प्रावि आँपखोलि घेरवार वाला उपभोक्त समितिका सिमल भाटको दुखेसो छ ।त्यसै काम सकिएको ४ महिना भयो व्याज कारेर काम गरायो तर अहिलेसम्म भुक्तानी नपाउदा व्याज तिरिरहेको अर्को समितिका पदाधिकारी तथा स्थानीय प्रकाश वस्नेत भनाइ रहेको छ ।
नगरमा नयाँ हाकिम आए पछि कामकाजमा छिटोछरिता होला भनिएको थियोे तर कार्य सम्पादनका कुरा समेत हाल आएर शुन्य गतिमा छ । नगरका कार्यकारी रेग्मी कमै कार्यालयमा वस्ने, काम अरु अरुलाइ पन्छाउने र आफु उम्मिने दाउमा छन् । टेवुलमा फाइल लिएको मन नपराउने हाकिमका कारण काम सुस्त छ ।सेवा ग्राही मारमा छन् । हरेक उपभोक्त समितिका भुक्तानीका कामकमज ठप्प रहेका छन् ।गाउँमा सयकडा ५ प्रतिशतका दरले व्याज तिरिरहेका उपभोक्त अहिले हैरानीमा परेका छन् ।

नपाउने ठुलो दुख पाइयो । एक दिनमा हुने काम ४ दिन लगाइन्छ अर्को वडा १२ निगालचुलाबाट ५ घण्टा हिडेर नगरमा पुगेका अर्को स्थानीयको पनि त्यसै दुखेसो थियोे । यो हुनुमा सबै दोष नगरका कार्यकारिको भएको अन्य कर्मचारीहरुको भनाइ छ । स्थानीय तहमा नयाँ र अनुभव कम भएका प्रशासकीय प्रमुखका कारण भुक्तानीका सवालमा जटिलता थपिएको छ ।
हुने भन्दा नहुने नियम थुपारेर उपभोक्ताले ठुलो सास्ती खेपिरहेको जनाएको छ।विगतका वर्षहरुमा यस्तो अवस्था थिएन तर अहिले आएर उपभोक्तले भुक्तानीका कुरा दुख झेलिरहेका छन् भने भुक्तानी समेत पाउन सकिरहेका छैनन् ।
हरेक काममा छिटोछरितो भन्दा झन्झटिलो वनाउने वनाउने कामले यहाँका स्थानीयले नगरबाट पाउने सेवामा दुख झेलिरहेका छन् ।१ सय ९३ वटा योजनामा हाल सम्म ७० वढि योजना सम्पन्न भैसकेका छन् ।अहिलेसम्म जम्मा २ वटा योजनाको मात्रै भुक्तानी भएको वुझिएको छ ।नगरमै र कार्यलमा अधिकतम कम वस्ने हाकिमका कारण हाल नगरका कामकाज लथालिङ्ग अवस्थामा छन् ।
यस्तोतिर जनप्रतिनिधिको ध्यान जान सकिरहेको छैन । सेवा ग्राहिले नपाउने सास्ती झेलिरहँदा पनि जनप्रतिनिधि मौन छन् । मंसिरमा सम्पन्न गरेका योजनाको भुक्तानी हालसम्म पनि हुन सकिरहेको छैन ।नगरमा धाउँदा धाउँदै उपभोक्त हैरानी परेका छन् ।






