मैत्रीपूर्ण खेलमा पत्रकार विजयी

सुर्खेत । आज (बुधबार)देखि वीरेन्द्रनगरमा सुरु हुने प्रदेशस्तरिय भलिबल प्रतियोगिताको पूर्वसन्धामा सुर्खेतका पत्रकार र चुली युवा क्लबबीचको मैत्रिपूर्ण भलिबलमा प्रतियोगिता भएको छ ।
प्रतियोगितामा पत्रकारको टोलीले दुई शुन्यको सोझो सेटमा आयोजक चुली युवाक्लवलाई पराजित गरेको छ । पहिलो सेटमा २५–१६ र दोस्रो सेटमा २५–२१ को अन्तरले पत्रकारको टोली विजयी भएको हो ।
पहिले सेटमा अग्रता लिएको आफूलाई सम्हाल्न नस्कादा जुली युवाक्लव पराजित भएको हो । चुलियुवा क्लबको आयोजना र खेलकुद पत्रकार मञ्चको समन्वयमा भलिबल प्रतियोगिता भएको हो । कर्णालीमा खेलकुदको विकासका लागि नियमित खेलकुद गतिविधि सञ्चालन गर्नु पर्ने खेलकुद पत्रकार मञ्च सुर्खेतका अध्यक्ष भानुभक्त अधिकारीले बताए ।
‘प्रदेश सरकारले गम्भीर भएर खेलकुदका गतिविधिलाई सञ्चालन गर्नु पर्नेमा पत्रकारको तर्फबाट निरन्तर दवाव र खेलकुद गतिबिधिको बिकासका लागि पत्रकारले पनि सक्रिय भूमिका खेल्नुपर्ने अधिकारीले बताए । त्यस्तै अग्रज पत्रकार श्रीधर पौड्यालले विद्यागत पत्रकारिताको विकासका लागि पत्रकारले पनि खेलकुद क्षेत्रमा चासो र चिन्ता बढाउनुपर्ने बताए ।
विशेष गरी खेलकुद विद्यामा कलम चलाउनेहरुले कर्णालीको खेलकुदको विकासका लागि सिर्जनात्मक दवाव दिनुपर्ने पौड्यालले बताए । आजदेखि सुरु हुने ‘चुली कप २०७७’ को सम्पूर्ण तयारी पुरा भइसकेको आयोजक सदस्य अमर चन्दले जानकारी दिए ।
आज विहान ११ गतेदेखि सुरु हुने खुल्ला भलिबल प्रतियोगितामा विभिन्न सातवटा टीमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेतामा लाख, उपबिजेताले एकलाख ५० हजार, तेस्रोले एक लाख र चौथो हुने टोलीले ५० हजार नगर पुरस्कार पाउने छन् । त्यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १५ रुपैयाँ पाउने आयोजक चुली युवा क्लवका अध्यक्ष महेश जिसीले जानकारी दिए ।






