लकडाउनको एक वर्ष पूरा, कोरोनाको जोखिम उस्तै

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण लकडाउन गरेको एक वर्ष पुगेको छ । गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन गरेको थियो ।

पटक पटक गरी चार महिनासम्म लकडाउन भएको थियो ।  विश्वका देशमा लकडाउन खुकुलो बनाएपछि नेपालले पनि गत साउन ६ देखि लकडाउन हटाएको थियो । लकडाउन हटेपछि बजार‚ पसल खुले । ढिलो गरी भए पनि शैक्षिक संस्था खुले। सबै क्षेत्रमा चहलपहल बढ्यो ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमणदर घट्दै पनि गयो । तर, छिमेकी मुलुक रतसहित विश्वका विभिन्न देशमा कोरोनाको दोस्रो लहर फैलिएसँगै नेपालमा फेरि कोरोनाको जोखिम पहिलाको जस्तै हुने खतरा बढेको छ । लकडाउनको वर्ष दिन बित्न नपाउँदै फेरि दोस्रो लहरको डर बढेको छ ।

भारतसँगको खुला सीमा नाकाका कारण पनि नेपालमा कोरोना संक्रमणको उच्च जोखिम बढेको विज्ञहरु बताउँछन् । भारतमा संक्रमणदर बढेपछि त्यहाँ कार्यरत नेपालीहरु घर फर्किने क्रम बढेको छ। फर्किनेहरुमा सङ्क्रमण भएको हुन सक्ने देखिन्छ। उनीहरुको नाकामा नै स्वास्थ्य परीक्षण नगरिए जोखिम झन् बढ्दै जाने छ । सरकारले भारतसँगका मुख्य १४ नाकामा निगरानी बढाएको छ।

भारतमा संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालयले सभा, जुलुस, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय र काम नगर्न भनेको छ । लकडाउन भएको एक वर्ष पूरा भएको दिन आज सरकारले यसको समीक्षा गर्दैछ। यस विषयमा छलफल गर्न दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बस्दैछ ।

बैठकमा कोरोना संक्रमण र न्यूनीकरणको हालसम्मको अवस्था र फेरि बढ्न लागेको कोरोना संक्रमण जोखिममा अपनाउनुपर्ने सुरक्षा उपायबारे छलफल हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

लकडाउनको एक वर्ष पूरा, कोरोनाको जोखिम उस्तै

काठमाडौँसहित देशका विभिन्न स्थानमा वायु प्रदुषण बढ्यो

लकडाउनको एक वर्ष पूरा, कोरोनाको जोखिम उस्तै

भलिबलकी ‘कान्छी’ उषा भण्डारी

Leave a comment

Your email address will not be published. Required fields are marked *