एयर इन्डियामा साइबर आक्रमण, ४५ लाख यात्रुको गोप्य सूचना चोरी

एजेन्सी  । भारतको सरकारी विमान कम्पनी एयर इन्डियामा साइबर आक्रमण भएको छ ।

साइबर आक्रमणबाट विगत १० बर्षमा सो विमान कम्पनीबाट यात्रा गर्ने करिब ४५ लाख यात्रुको गोप्य सूचनाहरु चोरी भएको छ ।

यात्रु सेवा प्रणालीमा गरिएको आक्रमणबाट सबै यात्रुको नाम, जन्म मिति, राहदानीको विवरण, सम्पर्क नम्बरका साथै बैंकको डेबिट कार्ड र क्रेडिट कार्ड लगायतका व्यक्तिगत सूचनाहरु चुहावट भएको एयर इन्डियाले जनाएको छ ।

बैंकबाट कारोबार गरिएको अवस्थामा सबै पासवर्डहरु परिवर्तन गर्न र नचिनिएका इमेललाई नखोल्न तथा कुनै पनि अन्जान एसएमएस नपढ्न पनि एयर इन्डियानले आफ्ना यात्रुहरुलाई आग्रह गरेको छ ।

एयर इन्डियामा साइबर आक्रमण, ४५ लाख यात्रुको गोप्य सूचना चोरी

एट्लेटिको बन्यो ला लिगा च्याम्पियन

एयर इन्डियामा साइबर आक्रमण, ४५ लाख यात्रुको गोप्य सूचना चोरी

अमेरिकामा २८ करोड १६ लाखले लगाए कोरोनाविरुद्धको

Leave a comment

Your email address will not be published. Required fields are marked *