एट्लेटिको बन्यो ला लिगा च्याम्पियन

काठमाडौं : स्पेनिस ला लिगा फुटबलको उपाधि एटलेटिको म्याड्रिडले जितेको छ । गएराति सम्पन्न लिगको अन्तिम खेलमा भल्लाडोलिडलाई २-१ गोल अन्तरले पराजित गर्दै एटलेटिकोले यस सिजनको ला लिगाको उपाधि जितेको हो ।

एटलेटिकोको जितमा एंगल कोरिया र लुसी स्वरेजले एक एक गोल गरेका हुन् । स्वरेजले १-१ गोलको अवस्थामा निर्णायक गोल गर्दै एटलेटिकोको जित सुनिस्चित गरेका थिए। त्यस्तै भल्लाडोलिडका लागि ओस्कार प्लानोले एक गोल गरेका थिए ।

एटलेटिकोको ३८ खेलमा ८६ अंक भएको छ भने दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ३८ खेलमा ८४ अंक रहेको छ । रियलले आफ्नो अन्तिम खेलमा भिल्ला रियललाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

योसँगै एटलेटिकोले ११औ पटक ला लिगाको उपाधि जितेको छ। एटलेटिकोले २०१३(१४ सिजनपछि पहिलो पटक ला लिगाको उपाधि जितेको हो ।

ला लिगाको इतिहासमा सबैभन्दा बढी पटक ला लिगाको उपाधि जित्ने क्लब भने रियल म्याड्रिड हो। रियल म्याड्रिडले ३४ पटक यो उपाधि जितेको छ भने बार्सिलोनाले २६ पटक जितेको छ ।

एट्लेटिको बन्यो ला लिगा च्याम्पियन

कार्टुन

एट्लेटिको बन्यो ला लिगा च्याम्पियन

एयर इन्डियामा साइबर आक्रमण, ४५ लाख यात्रुको

Leave a comment

Your email address will not be published. Required fields are marked *