प्रधानमन्त्री ओलीको दम्भ धरहराको उचाइभन्दा माथि छ: नेपाल

नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ धरहराभन्दा माथि रहेको टिप्पणी गरेका छन् ।

शुक्रबार जनकपुरधाममा रहेको एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार कार्यक्रममा बोल्दै नेता नेपालले प्रधानमन्त्री ओलीले अहिले धरहराको उचाईभन्दा पनि माथिको दम्भ देखाएको आरोप लगाए ।

केपी ओलीको विचार गलत रहेको भन्दै उनले ‘नाम र पार्टी चिन्ह’ मुल नरहेको समेत दाबी गरे । ‘ओलीजीको विचार गलत छ, त्यसैले यहाँ नाम र चिन्ह के हो, त्यो मुल कुरा होइन, विचार मुल कुरा हो’, उनले भने, ‘विचारले नै बाटो देखाउँछ गलत विचारले गलत निश्कर्षमा पुर्‍याउँछ त्यसैले हामी सहि विचारको पक्षमा उभिएका छौं ।’

प्रधानमन्त्रीले सुरुमा आफ्नो निवासमा भेट गर्न बोलाए पनि होटेल मेरियटमा भेट गर्न पुगेका माधव नेपालले बैठकमा कुराकानी भएपछि केही आशा जागे पनि बालुवा पेलेर तेल ननिस्किने बताए ।

‘मैले अब जेठ २ गतेमै फर्कौं कमरेड, पार्टी एकतावद्ध बनाएर अगाडि बढाऊँ भन्दा उहाँ आफ्नै अडानमा अडिग हुनुभयो,’ उनले बुधबार र बिहिबार काठमाडौंमा भएको भेटको सन्दर्भ बताए ।

खनाल-नेपाल समूहमा लागेको भन्दै विभिन्न जिल्लाका अध्यक्षलाई हटाएको विषयमा समेत कुरा राख्दा उहाँले केही सुन्न नचाहेको भन्दै नेपालले अध्यक्ष ओली पार्टी एकताको पक्षमा नरहेको स्पष्ट भएको जानकारी गराए ।

प्रधानमन्त्री ओलीको दम्भ धरहराको उचाइभन्दा माथि छ: नेपाल

सुनिल र गीता अभिनित ‘राम हो झुमा

प्रधानमन्त्री ओलीको दम्भ धरहराको उचाइभन्दा माथि छ: नेपाल

YUGAAWHAN NATIONAL DAILY (2078-01-10)

Leave a comment

Your email address will not be published. Required fields are marked *