हेलमेट नलगाएको भन्दै ट्रक ड्राइभरलाई कारवाही

एजेन्सी । एक ट्रक ड्राइभरलाई हेलमेट नलगाएको भन्दै भारतीय प्रहरीले एक हजार रुपैयाँ जरिवाना गरेका छन् ।
गत वर्षको २४ डिसेम्बरमा यो अनौठो कारबाही गरेको ट्रक ड्राइभरले आफ्नो सवारी साधनको अनुमतिपत्र ९परमिट० नविकरण गर्ने बेलामा जरिवाना गरेको थाहा पाए ।
यातायात विभागको लापरवाहीका कारण उक्त ड्राइभरले धेरै दुख पाएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । ट्रकका मालिकको नाम गञ्जममा जगन्नाथपुरका प्रमोद स्वैन रहेको छ।






