‘घुस दिएर नेपाल विकसित राष्ट्रमा प्रवेश गरेको प्रमाणपत्र ल्याउन लागेको त हैन ?’ जुम्लाका सांसद गजेन्द्र

जुम्लाका सांसद गजेन्द्रबहादुर महतले सरकारले घुस दिएर नेपाल विकासशील मुलुकमा प्रवेश गरेको प्रमाणपत्र ल्याउन लागेको त हैन भन्दै व्यङ्ग्य गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद महतले कर्णालीका जनताले अहिलेसम्म बिजुली बाल्न नपाएको बेला कसले नेपाललाई विकसित राष्ट्रमा प्रवेश गर्न लागेको प्रमाणपत्र दिन लाग्यो भन्दै प्रश्न गरे ।

सरकारका मन्त्रीले नेपाल अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रको सूचीमा गएको प्रमाणपत्र आउन लागेको बताएको भन्दै सांसद महतले कर्णालीका जनताले अहिले पनि बत्ति नपाएर अँध्यारोमै बसेको बताए ।

उनले सरकारलाई व्यङ्ग्य गर्दै भने– ‘हाम्रा श्री ५ को सरकारका प्रतिनिधि के भन्दैछन् भने हामी विकसित राष्ट्रमा पुगिसक्यौँ । प्रमाणपत्र आउँदैछ । कसले आँखा चिम्लेर प्रमाणपत्र दिँदैछ रु म जान्न चाहन्छु । जुम्ली जनता जान्न चाहन्छन् । यो घुस दिएर ल्याएको प्रमाणपत्र त हैन रु यो कर्णालीका जनताको ठूलो चासोको विषय छ ।’

‘घुस दिएर नेपाल विकसित राष्ट्रमा प्रवेश गरेको प्रमाणपत्र ल्याउन लागेको त हैन ?’ जुम्लाका सांसद गजेन्द्र

महिनावारी हुँदा आँखाबाट रगत बग्यो

‘घुस दिएर नेपाल विकसित राष्ट्रमा प्रवेश गरेको प्रमाणपत्र ल्याउन लागेको त हैन ?’ जुम्लाका सांसद गजेन्द्र

हेलमेट नलगाएको भन्दै ट्रक ड्राइभरलाई कारवाही

Leave a comment

Your email address will not be published. Required fields are marked *