सेडाका विद्यार्थी आन्दोलित

सुर्खेत । वीरेन्द्रनगरमा सञ्चालित सुर्खेत एजुकेशनल डेभलपमेन्ट एकेडेमी प्रालि (सेडा) कलेजका विद्यार्थी आन्दोलित भएका छन् । कलेजले मनोमानी शुल्क असुलेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

कलेज प्रशासनले विभिन्न बहानामा चर्को शुल्क असुलेको विद्यार्थीको आरोप छ । आन्दोलित विद्यार्थीहरुले सोमबार दिउँसो कलेज परिसरमा टाएर बालेर प्रर्दशन गरे ।

कलेजले विधार्थीसँग अतिरिक्त क्रियाकलाप र कोरोनाको नाममा चर्को शुल्क उठाएको विद्यार्थीको गुनासो छ । पछिल्लो समय कलेजले कारोना शुल्कका नाममा एकजना विद्यार्थीबाट १५ हजार रुपौंया उठाएको छ ।

तर, म्याद सकिएको सेनीटाइजर कक्षा कोठामा राखिएको विद्यार्थीको आरोप छ । कलेज प्रशासनलाई विद्यार्थी र अभिभावकले तोकिएभन्दा बढी शुल्क नलिन बारम्बार आग्रह गर्दा समेत नमानेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको विद्यार्थीले बताए । साथै विद्यार्गीले अतिरिक्त शुल्क तुरुन्त फिर्ता गर्न माग पनि गरेका छन् ।

सेडाका विद्यार्थी आन्दोलित

कर्णालीको मान्नवी, कर्णालीको समृद्धि

Leave a comment

Your email address will not be published. Required fields are marked *