२०८३ असार २ गते
×

Now Playing

युवतीको मृत्युपछि लम्की तनावग्रस्त, प्रहरीले गर्‍याे हवाई फायर

कैलाली । बसको ठक्करबाट युवतीको मृत्यु प्रकरणलाई लिएर कैलालीकाे लम्बी तनावग्रस्त भएको छ ।

मृतकका आक्राेशित आफन्तले प्रदर्शन गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेकाे छ ।

मंगलबार बिहान लम्की चोकमा टीकापुरतर्फ जाँदै गरेको ना ६ ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो ।

घटनाकाे विराेधमा स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध पारेर प्रर्दशन गरिरहेका छन् । प्रदर्शनकारीहरुले इलाका प्रहरी कार्यालय लम्कीमा घेराउ गरेका छन् ।

उनीहरुलाई तितरबितर पार्न हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए ।

उनले तनाव बढेपछि बल प्रयोग गरेको बताए ।

युवतीको मृत्युपछि लम्की तनावग्रस्त, प्रहरीले गर्‍याे हवाई फायर

सेडाका विद्यार्थी आन्दोलित

Leave a comment

Your email address will not be published. Required fields are marked *