सुर्खेती क्रिकेटर ठकुरी बने नेपाली सेनाकाे सेकेन्ड लेफ्टिनेन्ट

सुर्खेत, १० चैत ।
सुर्खेतका उदयमान क्रिकेटर जिन्तेन्द्रसिंह ठकुरी नेपाली सेनाको सहायक सेनानी (सेकेन्ड लेफ्टिनेन्ट) मा नाम निकाल्न सफल भएका छन् । नेपाली सेनाद्वारा सोमबार प्रकाशित नतिजामा जितेन्द्रले परीक्षाका सम्पूर्ण चरण पार गर्दै नाम निकाल्न सफल भएका हुन् । गत वर्ष चैतमा भर्ना छनाैट प्रक्रिया सुरु भएता पनि कोरोना महामारीका कारण अहिले नतिजा आएको जितेन्द्रले जानकारी दिए । नेपालको यू-१९ टोलीबाट खेलेका ओपनर जितेन्द्रकै कप्तानीमा दोस्रो संस्करणको प्रधानमन्त्री कप २०१८ मा बागमती प्रदेशले सहभागिता जनाएकाे थियाे । सिंह‌ सानैदेखि काठमाडौंबाट क्रिकेट खेल्दै आएका थिए । सन् २०१७ मा उनले नेपालबाट यू १९ एसिया कप खेलेका थिए ।

२०१७ मा सम्पन्न एसिया कपमा नेपालले भारतलाई १९ रनले हराउँदै ऐतिहासिक जित निकाल्दा जितेन्द्रले ओपनिङ गर्दै ३६ रनको महत्वपूर्ण याेगफल निकालेका थिए । गतवर्ष सुनसरीको इनरुवामा सम्पन्न मनमोहन मेमोरियल एकदिवसिय क्रिकेट प्रतियोगिता बागमती प्रदेशबाट खेलेका उनले पहिलो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) विराटनगर टाइटन्सबाट, धनगढी प्रिमियर लिगको सुरुवाती दुई संस्करण काठमाडौं गोल्डेन्सबाट तथा तेस्रो संस्करणको डिपिएल सिवाईसी अत्तरियाबाट खेल्दै च्याम्पियन बनेका थिए । ओपनिङ ब्याटसम्यान जितेन्द्र स्पिन बलर पनि हुन् ।

माघमा सम्पन्न प्रधानमन्त्री कपपछि भने नेपाली सेनाकाे अधिकृत पदमा अावेदन दिएर तयारीमा जुटेका उनले  क्रिकेट खेल्न नपाएकाे बताए । तालिम अवधि भर क्रिकेटबाट टाढा रहनु पर्ने भएता पनि आर्मीबाटै क्रिकेट खेल्ने अवसर पाउने सम्भावना रहेकाले अाफू खुसी रहेको उनले बताए ।

सुर्खेती क्रिकेटर ठकुरी बने नेपाली सेनाकाे सेकेन्ड लेफ्टिनेन्ट

महिलाहरुलाई २ दिने निःशुल्क तालिम

Leave a comment

Your email address will not be published. Required fields are marked *