महिलाहरुलाई २ दिने निःशुल्क तालिम

सुर्खेत, ९ चैत
महिलाहरुलाई (सर्वोत्तम) पोसिलो पिठो उत्पादन सम्बन्धि २ दिने निःशुल्क तालिम दिइएको छ । जाजरकोटको भेरी नगरपालिकामा महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत महिलाहरुलाई २ दिने (सर्वोत्तम) पोसिलो पिठो उत्पादन सम्बन्धि तालिम दिइएको हो । भेरी नगरपालिका-१० र १३ नम्बर वडाका महिला सञ्जालका २१ जना महिला सदस्यहरुलाई उत्त तालिम दिइएको हो । पछिल्लो समय जाजरकोट लगायत कणर्ालीका विभिन्न जिल्लामा पौष्टिक आहार कमीका कारण वर्षेनी धेरै संख्यामा बालबालिकाहरु कुपोषणको सिकार भइरहेका छन् ।

बालबालिकाहरु पौष्टिक आहारको कमीका कारण कुपोषणको सिकार हुनबाट बचाउन तथा बालबालिकालाई चाहिने आवश्यक पौष्टिक आहार विहार तयार गरी महिलाहरुलाई व्यवसायतर्फ उन्मुख गराउने उद्देश्यका साथ उक्त तालिम आयोजना गरिएको हो । दुई दिनसम्म चलेको उक्त तालिमको सहजिकरण भेरी नगरपालिका स्वास्थ्य शाखाका सिअहेव यज्ञनाथ गौतम र सुआहारा कार्यक्रमका पोषण अधिकृत राजेश पोख्रेलले गरेका थिए । तालिम शुक्रवार सञ्चालन भइ शनिवार सम्पन्न भएको थियो ।

महिलाहरुलाई २ दिने निःशुल्क तालिम

सुर्खेती क्रिकेटर ठकुरी बने नेपाली सेनाकाे सेकेन्ड

Leave a comment

Your email address will not be published. Required fields are marked *