दलहरूबीच मतभेद बन्द गरी अघि बढ्न सके छिट्टै समृद्धि । ओली

बर्दिया । नेकपा एकालेका अध्यक्ष तथा पूर्व(प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलहरू मिलेर राजनीतिक एकजुट भएर अघि बढेमा नेपालले छोटो समयमै उल्लेख्य समृद्धि हासिल गर्न सक्ने बताएका छन्।

बुधबार बर्दियामा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ओलीले यस्तो बताएका हुन्। उनले भने, हामी लामो समयदेखि पछाडि परिरहेका थियौँ जब हाम्रो नेतृत्वमा सरकार बन्यो तब विकासको गतिले तीव्रता लियो।’

आफू प्रधानमन्त्री हुँदा विद्यालय शिक्षामा विशेष जोड दिएकाले विद्यार्थी विद्यालय भर्ना दर उल्यख्य बढेको पनि उनले बताए । मानव विकास तथा आर्थिक विकासका सूचकांकमा नेपालले उल्यख्य प्रगति गर्दै गएकाले विश्व बैंकले नेपाललाई दक्षिण एसियाकै उदाउँदो ताराले सम्बोधन गरेको उनले उल्लेख गरे।

सबै राजनीतिक दल एकजुट भएर देशको समृद्धिका लागिपरे अबको १० वर्षभित्रै नेपालमा उत्यख्य परिवर्तन गर्न सकिने उनि बताउँछन । यस्तै, अध्यक्ष ओलीले एमाले सरकारले गरिब तथा विपन्न परिवारको घर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि बताएका छन्।

दलहरूबीच मतभेद बन्द गरी अघि बढ्न सके छिट्टै समृद्धि । ओली

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

दलहरूबीच मतभेद बन्द गरी अघि बढ्न सके छिट्टै समृद्धि । ओली

इएफएल कप : म्यानचेष्टर सिटी र लिभरपुल

Leave a comment

Your email address will not be published. Required fields are marked *