यो कर्नाली पनि गजबको छ गाँठे, कहिले चोर त, कहिले ठग

यो कर्नाली पनि गजबको छ गाँठे । कहिले चोर त, कहिले ठग । अनि कहिले के के जाति मान्छे बगाएर ल्याएर यो प्रदेशमा हंगामै मच्चा हुन्छ । गाउने बेलाँ गीताँ स्याङ्गजाली र झापाली बहुत डेन्जर भनेर गीत बनाएर गाको सुनिन्छ । तर कामले त कर्नालीका मान्छेलाई नि कसैले भेटन सक्दैन ।

हुन त खोलाले खेत बगाएर लग्यो भनेर खोलालाई मुद्दादिने जुम्ली हुनकी, खुर्सानी पिरो भएन भनेर मुद्दादिने कर्नालीका खुर्सानीका पारखी हुन् । यिनलेनी एक जमानाँ तहल्का मच्चाकै हुन् । ऐले नी फेरि त्यस्तै तहल्का मच्चाउने सन्तान कर्नालीले पाको छ । त्यसाँ कर्नालीलाई सेलुट गरम्की नगरम् दोमन भैराछ ।

देश गुनको भेष भन्याझैँ । देशका नेतै जाली, फटाहा, घुस्याहा र धुन्धुकारी भा बेलाँ एउटा कर्मचारीको नामाँ जन्मेर मान्छे ठगिखान खोज्दा त्यति आश्चर्य त हैन । तर होस् गर है हाम्मा कर्नालीका मान्ठनी कम छैनन् भनेर भन्नलाई के को डर मान्नु परो हैन र ? मान्छे अपराधी र ठग किन हुन्छभन्दा कि त उ काम गरि खाने चाहनै राख्दैन, कि त सरकारले कामै दिन्न ।

अनि मान्छे चोर नभएर कसरी भगवान बनोस् के । यस्तै कामचोर मध्येका जाजरकोट घर भा दिपक बुढा भन्ने मान्छेले कसैलाई सेना त कसैलाई पुलिस बनाइ दिन्छु भनेर नागुनाथ हुम्ला (नक्कली नाम) हाकिम बनेर रकम ठगी गरेर खाइदेछि पीडित मध्येकी नेत्रकुमारी पौडेलले महानगर प्रहरीयाँ उजुरदेछि यी महासय ऐले सुर्खेत प्रहरीको फन्दाँ प¥याछन् ।

त्यसो त यिन्ले ऐले मात्रै हैन आजभन्दा २÷३ बर्ष अघि दैलेखको डुङ्गेश्वर लगायत अन्य केही ठाउँका मान्छेलाई दैलेखको सहायक सिडिओ भन्दै ठग्दै ग¥या अवस्थाँ फेला पारेछि पुलिसले समात्या हो । तर के गर्नु त्यो बेलाँ सजिलै छुटकारा पाएर त होला । यो पटक फेरि तहल्का मच्चाउँदै हिँडेछन् । त्यतिमात्रै काँ हो र ? केही महिना अघिमात्रै एउटी नारीले दैलेखका ब्यापारीको आँखाँ धुल झोकेर मोटै रकम उठाएर टाप हानिछन् ।

विचरा ब्यापारीहरुले पछि था पाएर उजुरबाजुर त गरे । तर के गर्नु ? गाको चिज फर्केर काँ आउँछ र ? हेरम यी दीपकले अपराधाँ राम्रै दीप जलाउने हुन् कि कालकोठरीयाँ सडने हुन् ! केही दिनपछि त था होलानी । कलीकी कर्नाली जेजे अर्नि हौ अर । हामी तम्रा चर्तिकला हेर्दै बसौँला ।
–वेदर्षि

यो कर्नाली पनि गजबको छ गाँठे, कहिले चोर त, कहिले ठग

एउटै भेडाको ३५ किलो ऊन

यो कर्नाली पनि गजबको छ गाँठे, कहिले चोर त, कहिले ठग

‘अमेरिका जाने रहर त्यागेर लोकसेवाको तयारीमा जुटे’

Leave a comment

Your email address will not be published. Required fields are marked *